२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

बुटवलमा केएफसी र पिज्जा हटका शाखा विस्तार

बुटवलमा केएफसी र पिज्जा हटका शाखा विस्तार

काठमाडौं : अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड ‘केएफसी’ ले नेपालमा चौधौं शाखा र ‘पिज्जा हट’ ले चौथो शाखा विस्तार गरेका छन् ।

केएफसी र पिच्जाहटले बुटवल उपमहानगरपालिका वडा नं ८, सुख्खानगरस्थित भाट–भटेनी डिपार्टमेन्टल स्टोर नजिक शाखा विस्तार गरेका हुन् । यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकार तथा विभिन्न शाकाहरी तथा विदेशी स्वादका पिज्जाको समेत मजा लिन सकिने कम्पनीले जानकारी गराएको छ ।

केएफसी र पिज्जाहट दुवै रेस्टुरेन्ट देवयानी इन्टरनेसनल नेपालले सञ्चालनमा ल्याएको हो । दुवै रेस्टुरेन्टले हाल बिहान १० बजेबाट रातको १० बजेसम्म डाइन–इन र टेक अवे सेवा दिइरहेको छ । साथै भोज डिलको डेलिभरी सेवामार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij