२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

अवसर पाए जनताको असल सेवक भएर काम गर्ने इच्छा छः चन्द्रबहादुर थापा

अवसर पाए जनताको असल सेवक भएर काम गर्ने इच्छा छः चन्द्रबहादुर थापा

चन्द्रबहादुर थापा, नेता, नेपाली कांग्रेस, धादिङ

धादिङ । सरकारबाट निर्वाचनको मिति घोषणा भएसँगै देशभर निर्वाचनको माहोल तात्न थालेको छ । देशभरिबाट विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताहरू निर्वाचनको तयारीमा जुटिरहेका छन । कतिपयले निर्वाचनमा आफ्नो उम्मेदवारी समेत प्रस्तुत गर्न थालिसकेका छन् ।

यसैक्रममा दुईवटा संघीय निर्वाचन क्षेत्र भएको धादिङ जिल्लामा प्रदेशसभा क्षेत्र न. २(ख) बाट चन्द्रबहादुर थापाले उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् ।

विगत लामो समयदेखि राजनीतिमा होमिएका थापा हाल कांग्रेस धादिङको निर्वाचित जिल्ला सदस्य हुन् भने धादिङ-काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष समेत हुन् ।

त्यस्तै विभिन्न व्यावसायिक संघसंस्थाहरूमा नेतृत्व तहमा रहेर काम गरिसकेका थापा ०६२/०६३ को जनआन्दोलनका घाइते पनि हुन् ।

सेताेघर संवाददातासँगको कुराकानीमा थापाले भने, “धादिङ जिल्लाबाट प्रदेशसभा २ (ख)मा मेरो उम्मेदवारी दिने इच्छा छ तर पार्टीले गर्ने निर्णय नै मेरो निर्णय अर्थात् अवधारणा हुन्छ । यदि टिकट पाएँ भने जनताको चाहना र भावनाको उच्च सम्मान गर्दै जिम्मेवार भएर चुनावमा अगाडि बढ्छु । अन्यथा पार्टीको निर्णय बमोजिम टिकट पाउने उम्मेदवारलाई असल राजनीतिक संस्कारभित्र रही सघाउँछु ।”

यदि पार्टीको निर्णयबमोजिम टिकट पाएँ र जनताको चाहनाबमोजिम विजयी हुन सकें भने आफ्नो ५ वर्षे कार्यकाल भरी राज्य कोषबाट कुनै पनि तलबभत्ता नलिने, साधारण जीवनयापनमा जनताको शासक नभइ असल सेवक बनेर समृद्ध धादिङ निर्माणमा काम गर्ने इच्छा रहेकाे भन्ने  प्रतिबद्धता व्यक्त गर्दछन् थापा ।

केही महिनाअगाडि मात्रै ठूलै दुर्घटनाबाट बाँचेका थापा आफूले पुनर्जन्म पाएकोजस्तै अनुभूति भैरहेको र वर्तमान घडीमा जीवनकालको कम्तीमा ५ वर्ष असल राष्ट्रसेवक बनेर बिताउने लक्ष्य लिएको थापाको भनाइ छ ।

अन्त्यमा सम्बन्धित सबैसँग अभियानमा सहयोगको लागि विनम्र अनुरोध गर्दछु भन्छन्, चन्द्रबहादुर थापा ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij