२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

विद्यालय बन्दको आन्दोलन फिर्ता

विद्यालय बन्दको आन्दोलन फिर्ता

काठमाडौं । विभिन्न माग राखेर आइतबारदेखि देशभरको सामुदायिक विद्यालय बन्द गराएको विद्यालय कर्मचारी परिषदले आन्दोलन फिर्ता लिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र छलफलका लागि बोलाएपछि परिषदले आन्दोलन फिर्ता लिएको हो ।

सोमबार मन्त्रालय, शिक्षक महासंघ र परिषदबीच मन्त्रालयमा भएको छलफलमा मन्त्रालयले समिति बनाएर वार्ता गर्ने भएपछि परिषद्ले आन्दोलन फिर्ता लिएको हो ।

उनीहरुले आन्दोलन फिर्ता लिएसँगै मंगलबारदेखि विद्यालय खुल्ने भएका छन् ।

परिषदले १८ गतेसम्म बन्द गर्ने घोषणालाई ऐक्यवद्धता जनाउँदै देशभरका करिब ९० प्रतिशत सामुदायिक विद्यालय सोमबार पनि बन्द भएका छन् ।

सोमबार भएको छलफलमा मन्त्रालयले विद्यालय कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्ने प्रतिवद्धता गरेपछि आन्दोलन स्थगित गरेको परिषदका महासचिव शान्तिनाथ योगीले बताए ।

आज सरकार, शिक्षक महासंघ र परिषदबीच सामान्य छलफल भयो । सरकारले वार्ता टोली गठन गरेर वार्ता गर्ने भएको छ । त्यसैले तत्काललाई हामीले आन्दोलन फिर्ता लिएका छौं, उनले भने ।

अब हुने वार्तामा चित्तबुझ्दो सहमति नभए फेरि आन्दोलन थाल्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij