२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

बैंक अफ काठमाण्डूका ग्राहकले ‘बर्गर हाउस’मा छूट पाउने

बैंक अफ काठमाण्डूका ग्राहकले ‘बर्गर हाउस’मा छूट पाउने

 

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनबीच सम्झौता भएको छ ।

सम्झौतासँगै ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन’मा बैंक अफ काठमाण्डूका ग्राहकले १२% छूट पाउने भएका छन् ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले सो छूट पाउने बैंकले जनाएको छ ।

उक्त छूटको उपयोग गर्नका लागि बैंकका ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij