२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

कांग्रेस नेता गिीको अन्त्येष्टि आजै गरिने

कांग्रेस नेता गिीको अन्त्येष्टि आजै गरिने

 

काठमाडाैँ – उपचारकाे क्रममा शनिबार निधन भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरिकाे आजै अन्त्येष्टि गरिने भएकाे छ।

७५ वर्षीय गिरिकाे ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा गएराति साढे ९ बजे निधन भएको अस्पतालले घाेषणा गरेकाे थियाे।

प्रतिनिधि सभाका सांसदसमेत रहेका नेता गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका गिरि गतको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ः०० बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको प्राङ्गणमा, बिहान ११ः३० देखि २ः०० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तेष्ठिका लागि आजै पशुपति आर्यघाटमा लगिने कार्यक्रम रहेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij