
काठमाडौ । काठमाडौंको कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गर्ने भएको छ ।
नगरपालिकाकी प्रवक्ता रहेकी उपप्रमुख सुनिता शाक्यले नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालेको बताएकी छिन् ।
बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ पनि फोहोर रोकिएको छ । यसैकारण आफूहरुले अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेकाे शाक्यले बताएकी छिन् ।
अब कुहिने फोहोर हप्ताको दुई दिन उठाइने शाक्यले बताइन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij