लगनखेल को शक्ती देवी पेट्रोल स्टेसन मा पेट्रोल वर्न को लागि लाइन मा बसेक सर्बसाधारण हरु।
आइतबार काठमाडौं उपत्यकाका कतिपय पेट्रोल पम्प बन्द छन् भने खुलेका पम्पहरुमा इन्धन भर्ने सवारी साधनको लामो लाइन देखिएको छ ।कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने त्रास देखिएका बेला पेट्रोल पम्पहरुमा लाइन देखेपछि सर्वसाधारण थप आतंकित भएका छन् । त्यसले पेट्रोल पम्पहरुको लाइन लम्बिएको छ ।र पम्पहरु नखुल्नुको कारण भने इन्धन अभाव होइन । अन्तर्राष्ट्रिय मूल्यअनुसार सोमबार मूल्य समायोजन हुने अनुमान गरेर आइतबार पम्पहरुले तेल भर्न नमानेका हुन् ।तर मुख्य कारण चाहिँ मुल्य समायोजनको पूर्वानुमान नै हो । विगतमा पनि निगमका कर्मचारीले कमिसनको लागि व्यवसायीलाई तेलको मूल्य बढ्ने पूर्वसूचना दिएर बढ्नुभन्दा अघिल्लो दिन धेरै परिमाण
काठमाडौँ — नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए । ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौं’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।
गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।
बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन् । भाडा बढाउनेबारे गत वर्ष आयल निगमले विज्ञ समूहमार्फत अध्ययन गराएको थियो । तर, व्यापार निश्चित भएको क्षेत्रमा अधिक भाडादर समिमितले निर्धारण गरेपछि तत्कालिन निगम नेतृत्व भाडा समायोजन नगर्ने अवस्थामा पुगेको थियो ।