
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुने बताएकाे छ । भारतबाट मूल्य घटेर आएपनि निगम नाफामा नरहेको कारण निगमले तत्काल मूल्य समायोजन नहुने बताएकाे हो ।
भारतबाट पेट्राेलकाे मूल्य घटेर आएपनि तत्काल मूल्य समायोजन नगर्ने निर्णय भएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ । यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ ।
भारतीय आयल कर्पोरेसनबाट पछिल्लो दुई पटक मूल्यसूची घटेर आएको छ । यसमध्ये यही अगस्ट १ तारिखमा समेत पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । उक्त मितिमा पेट्रोलमा प्रतिलिटर १६.८० रुपैयाँ र डिजेलमा १२.४५ रुपैयाँ घटेर आएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij