२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

कटुवालको अध्यक्षतामा नेकपा (एस) तेह्रथुम काठमाडौं सम्पर्क मञ्च गठन

कटुवालको अध्यक्षतामा नेकपा (एस) तेह्रथुम काठमाडौं सम्पर्क मञ्च गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को संगठन विस्तार कार्यक्रम तेह्रथुम जिल्लामा तीव्र रुपमा अघी बढिरहेको छ ।

संगठन बिस्तार अभियानलाई सहयोग पुर्याउने उद्देश्य बमोजिम नेकपा (एकीकृत समाजवादी)ले तेह्रथुम काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ । तेह्रथुमबाट काठमाडौं आई बसोबास गर्ने एकीकृत समाजवादीमा आस्थावान् व्यक्तिहरु समेटिने गरी उक्त मञ्च गठन गरिएको हो ।

नवगठित कार्यसमितिको अध्यक्षको भूमिकामा संगठनको नेतृत्व डा. खगेन्द्र कटुवालले गर्नुहुनेछ ।

कार्यसमितिको उपाध्यक्षहरुमा प्रेम कुमार खत्री र महेन्द्र तिम्सिना रहनुभएको छ । यसैगरी सचिवमा बुनु तिम्सिना रहनुभएको छ भने उपसचिवहरुमा शोभा पौडेल, ईंवा गुरुङ र निकेश डाँगी रहनुहुनेछ ।

कोषाध्यक्षको भूमिकामा तारा सुब्बा रहनुभएको छ ।

आगामी निर्वाचनलाई लक्षित गरी जनसम्पर्कका गतिविधिहरु विस्तार गर्ने एवं विभिन्न सृजनशिल क्रियाकलाप र भेटघाटलाई तीब्र बनाउने उद्धेश्यले सम्पर्क मञ्च गठन गरिएको अध्यक्ष डा. खगेन्द्र कटुवालले सेतोघर डट कमलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij