२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

अहिलेको सरकार माफियाको जालोमा फसेको छः महासचिव पोखरेल

अहिलेको सरकार माफियाको जालोमा फसेको छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार माफियाको भएको प्रमाणित भइसकेको ठोकुवा बताउनुभएको छ ।

भ्रष्टाचार र महँगी विरुद्ध एमालेले राजधानीमा सोमबार आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार खुलेरै माफियाको पक्षमा लागेको तथ्य बाहिर आइसकेको बताउनुभयो ।

‘यो सरकारले जनतालाई भ्रष्टाचार दियो, महंगी दियो, मुलुकमा लुटपाट मच्चायो, अहिले यस्ता तथ्यहरुले नै यो सरकार माफियाको सरकार भएको प्रष्ट पारेको पोखरेलको भनाई छ ।

महासचिव पोखरेलले भन्नुभयो, ‘अहिलेको सरकार राष्ट्रको हितमा काम गर्ने सरकार होइन रहेछ । बजेट व्यापारीका एजेण्ट राखेर बनाउने सरकार कसरी जनताको सरकार हुन सक्छ । माफियाको जालोमा फसेको सरकारले जनताको हितमा काम गर्नै सक्दैन ।’

उहाँले वर्तमान सरकारले सृजना गरेको भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउन बाध्य हुनुपरेको पनि बताउनु भयो । ‘आउने चुनावमा हामी गठबन्धनलाई दण्डित गर्नैछौं, चुनावी मैदानमा पराजित गर्नेछौं’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशत माथि पुगेको भन्दै पोखरेलले थप्नुभयो, ‘यो सरकारले सही भूमिका निर्वाह नगरेको कारण महंगी बढेको हो, अनियन्त्रित महँगीले जनताको जीवनस्तरलाई कष्टकर बनाएको छ ।’

वर्तमान सरकार कायम रहिरहे नेपाल पनि श्रीलंका जस्तो बन्ने खतरा रहेको पनि पोखरेलले बताउनुभयो । ‘अदालत सौदाबाजीको केन्द्र बनेको छ, न्याय िबक्री हुन थालेको छ । संसद राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने स्थल हुन थालेको छ । यो भन्दा निर्लज्ज अरु के हुन सक्ला र ?’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij