२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

वेल्डिङ रडको मापदण्ड र वेल्डिङ धुवाँको सम्पर्क सिमा ताेक्नुपर्ने आवश्यकता

वेल्डिङ रडको मापदण्ड र वेल्डिङ धुवाँको सम्पर्क सिमा ताेक्नुपर्ने आवश्यकता

काठमाण्डौः जनस्वास्थ्य तथा वातावरण प्रवर्द्न केन्द्र (CEPHED)ले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (MOLESS), श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग (DoLOS), व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र (OSHC), नेपाल ग्रिल एण्ड स्टिल फेब्रिकेर्टस महासंघ (FGSFN) र SMS ईन्भाइरोनमेन्ट इन्जिनियरिङ प्राईभेट लिमिटेडको संयुक्त प्रयासमा काठमाण्डौँ उपत्यकामा संचालित उधोगहरु मध्ये २१ ओटामा ‘वेल्डिङ फियुम र व्यवसायजन्य सुरक्षा एंव स्वास्थ्य’ सम्बन्धि एक अध्ययन सम्पन्न गरिएको थियो।

यस अनुसन्धान अन्तर्गत चिकित्सक एवं वैज्ञानिक टोलीको सहयोगमा व्यक्तिगत नमूनाहरू (Personal Samplers)द्वारा विषाक्त वेल्डिङ धुवाँ नाप्ने, कामदारहरूको व्यक्तिगत एक्सपोजर सम्बन्धि र पल्मोनरी फंक्शन टेस्ट (PFT) को प्रयोग गरेर  वेल्डिङ कामदारहरुको फोक्सोको कार्य क्षमता परीक्षण गरिएको थियो ।

वेल्डिङको धुवाँबाट हुने व्यवसायजन्य जोखिमको रोकथामको लागि अध्ययन, जनचेतना तथा नीतिगत पैरवी सम्बन्धी अध्ययन Takagi Fund for Citizen Science, Japan / Developing World Outreach Initiative (DWOI), USA को आर्थिक एवं प्राविधिक सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले सम्पन्न गरेको थियो ।

उक्त वेल्डििङ फ्यूमको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी असरहरुबारे अध्यनमा आधारीत प्रतिवेदन नेपाल अधिराज्य भरिका ग्रील तथा स्टिल फेब्रिकेटर्सहरुका छाता संगठन ग्रील तथा स्टिल फेब्रिकेटर्स महासंघ नेपालसंगकोे सहकार्यमा एक कार्यशाला गोष्ठी मार्फत देशका विभिन्न ठाउका करीब १२५ जना ग्रिल उधोगी तथा मजदुरहरुको सहभागितामा सनिवार सम्पन्न गरीएको थियो । कार्यक्रम ग्रील तथा स्टिल फेब्रिकेटर्स महासंघका अध्यक्ष मोहन कटुवालको अध्यक्षता एवं व्यवसायजन्य सुरक्षा र स्वास्थ्य केन्द्रका बरिष्ठ अधिकृत सतिस कुमार उपाध्या र ग्रील तथा स्टिल फेब्रिकेटर्स महासंघको बरिष्ठ उपाध्यक्ष निरञ्जन कुमार श्रेष्ठ लगायत महासंघमा आवद्ध सबै जिल्ला कमिटीहरुका अध्यक्षहरुको आतिथ्यतामा प्रतिवेदन सामुहिकरुपमा विमोचन, जनचेतना तथा क्षमता अभिबृद्धि तालिम अभिमुखिकरण सहित सम्पन्न भएको थियो ।

कार्याशाला गोष्ठिका समपूर्ण सहभागिहरुलाई जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले स्वागत मन्तब्य र कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नु भएको थियो । नेपाल सरकार, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य केन्द्रका बरिष्ठ अधिकृत सतिस कुमार उपाध्याले सुभकामना मन्तब्य राख्दै वेल्डििङ फ्यूमका असरहरु कमगर्न र यसमा संल्ग्न कामदार र व्यासायहरुको स्वास्थ्य र सुरक्षाको लागी केन्द्रबाट आउदा दिनमा निरन्तर तालिम तथा क्षमता अभिबृद्धीको आयोजना गरिने सँगै आवश्यक श्रम ऐन र नियमावलीमा परिमार्जन गर्दैलैजान पहल गर्ने विश्वास दिलाउनुभयो । अधध्यन प्रतिवेदनले औँलाएका सुझावहरुको प्रभावकारी कार्यान्वयन गर्ने र गराउदै पनि जाने प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष मोहन कटुवालले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि ज्ञानको आभावमा कामदारहरु निकै जोखीममा रहेको स्थितीमा हामी महासंघको समेत सहकार्यमा समापन गरीएको यो अध्ययनको परीणामहरुलाई देशैभरी पु¥याउनु पर्ने आवस्यक्ता औल्याउनु भयो ।  अध्ययनका सुझावहरुको प्रभावकारी कार्यान्वयन गर्न महासंघ सम्बन्धित निकायहरुसंग पहल गर्ने भनी प्रतिवद्धता पनि ब्यक्त गर्दै कार्यक्रले अपेक्षित लक्ष्य हासिल गर्ने सुभकामना दिनु भयो । ग्रील व्यावसायीहरुकै हकहित र व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका लागि सदैब सहयोग पुर्याउनुहुने जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र र यसका पदाधिकारीहरुलाई समेत धन्यबाद ब्यक्त गर्नुभयो ।

सहभागिहरुलाई जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले कामदारहरुविच वेल्डिङको धुवाँबाट हुने व्यवसायजन्य जोखिमको रोकथामको लागि अध्ययन, जनचेतना तथा नीतिगत पैरवी सम्बन्धी एक कार्यपत्र प्रस्तुतीकरण गर्दै सबै सहभागीहरुलाई अभिमूखिकरण एवं प्रशीक्षण गर्नुभयो । कार्यपत्रमा खासगरी अध्ययनबाट पाईएका परीणामहरु, यसको असरहरु र न्यूनिकरणका लागि सुझाएका तिन तहका सुझावहरुबारे विस्तृतरु पमा जानकारी गराईएको थियो ।

काठमाडौं, ललितपुर र भक्तपुरबाट विभिन्न ११ वेल्डिङ कार्यशालाहरुबाट २१ वटा वेल्डिङको धुवाँ नमुनाहरु संकलन गरिएको थियो ।अध्य्यन अनुसार ५२% (२१ मध्ये ११) वेल्डिङ कार्यशालाहरूबाट संकलन गरी प्रयोगशाला परिक्षण गरिएको धुवाँको नमुनाहरुमा American Conference of Governmental Industrial Hygienist(ACGIH) दिशानिर्देश मापदण्ड (५ mg/m३ ) नाघेको थियो। अर्थात ५०% भन्दा बढी वेल्डिङ कार्यशालाहरुमा काम गर्ने कामदारहरू वेल्डिङको धुवाँको उच्च जोखिममा रहेका छन् भन्ने प्रष्ट हुन्छ।

साथै वेल्डिङको धुवाँमा विषाक्त धातुहरुको विश्लेषण गर्दा फलाम एवं म्यांगनीज सत प्रतिशत (१००%) नमूनाहरूमा पाइएको थियो भने क्रोमियम १९% मा, निकेल एवं तामा ७१.४२% मा र जिंक ८५.७१% नमूनाहरूमा पाइएको  बाट कामदारहरु यि विषाक्त धातुहरुको उच्च जिखिममा रहेको देखिन्छ। अझई दुइवटा नमूनाहरुमा फलाम TLV (Threshold Limit Value) मापदण्ड (५ mg/m३ ) भन्दा बढी पाइएको थियो भने चारवटा नमुनाहरुमा म्यागनिज TLV मापदण्ड (०.२ mg/m३ ) भन्दा बढी पाइएको थियो। एउटा नमुनामा  क्रोमियम TLV मापदण्ड (०.००३ mg/m३) भन्दा बढी पाइएको थियो।

पुनः कुल ८८ वेल्डरहरू र २० कन्टोर्ल गरी जम्मा १०८ जनामा गरिएको फोक्सोको कार्यक्षमता बारे पल्मोनरी फंक्शन टेस्ट (PFT) परीक्षणका नतिजाहरूको विश्लेषण गरिएको थियो। जस अनुसार जीवन जोखिम(Life threatening) समुहमा ४१.४६%,  अति गम्भीर( Acute severe) समुहमा २०.२३%, र  मध्यम जोखिम(moderate exposure) समुहमा २७.३१% कामदारहरु देखिएकोले उनिहरुको स्वास्थ्य अवस्था गम्भिर रहेको देखाएको थियो।

क्रस भेन्टिलेसन क्षेत्र वा खुला ठाउँहरूमा काम गर्ने व्यवस्था गर्नुपर्दछ। पूर्ण व्यक्तिगत सुरक्षा सामाग्रिहरु (PPEs) को अनिवार्य प्रयोग गर्नुपर्दछ। वेल्डरहरू बीच नियमित व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (OSH) सम्बन्धि तालिम र जनचेतना बढाउनुपर्दछ । वेल्डरहरूको कामलाई जोखिमपूर्ण कामको रूपमा परिभाषित र पहिचान गर्न तत्काल जरुरी छ।

श्रम सम्बन्धि कानूनहरू (ऐन, नियमावलि र नीति, आदि) मा वेल्डरहरूको पेशागत जोखिमलाई वेल्डिङको धुवाँको सुरक्षा सम्बन्धि विशेष प्रावधानहरूको समावेश गर्नुपर्छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा (DOLOS)मा सबै वेल्डरहरूको आवधिक स्वास्थ्य निगरानी रिपोर्ट पेश गर्न अनिवार्य बनाउनुपर्छ स्थानीय भाषामा वेल्डरहरूका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (OSH)केन्द्रित शिक्षा र जनचेतना मुलक सुचना सामाग्रिहरु (IEC) सामग्रीहरूको व्यवस्था आधि गरिनूका साथै वेल्डिङ व्यवसायमा कार्यरत कामदारहरुको व्यवसायजन्य सुरक्षा र स्वास्थ सुनिश्चित गर्न गराउन वेल्डिङ रड  (इलेकट्रोड)को मापदण्ड र धुवाको सम्पर्कमा आउने सिमा (exposure limits) यथाशक्य चाडो तोकि प्रभावकारी कार्यन्वयन गर्न गराउन जनस्वास्थ्य तथा वातावरण प्रवर्दन केन्द्र (CEPHED) का कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले जोडदार माग गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij