२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नेकपा (एमाले) बाग्मती प्रदेश सम्पर्क कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा (एमाले) बाग्मती प्रदेश सम्पर्क कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेकपा (एमाले)का उप–महासचिव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा आज नेकपा (एमाले) बाग्मती प्रदेश सम्पर्क कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको जोरपाटी स्थित ड्रिम हाउस इन्टरनेशनलमा भएको नेकपा (एमाले) बाग्मती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उप–महासचिव ज्ञवालीले अहिलेको सरकारले काम गर्नुभन्दा जनतालाई दुख दिएको र सम्पूर्ण नेपाली जनतालाई आकाशिँदो महँगीको मारमा पारेको बताउनुभएको छ ।

मुलुकलाई सही ट्रयाकमा ल्याउन सबै नेता, कार्यकर्ता र जनता सबै सँगै मिलेर अघि बढ्नुपर्ने ज्ञवालीको धारणा छ ।

मुलुकमा विकास निर्माणका कार्य ठप्प रहेको, सरकार कमिसन र खुसखोरीमा लिप्त रहेको र सरकार जनताका जिऊ, धन र सुरक्षाका निम्ति दयार नरहेको समेत ज्ञवालीले बताउनुभयो ।

 

अहिलेको समय सुचना र प्रविधिको समय भएकाले कोही सूचनाबाट टाढा नरहेको बताउँदै ज्ञवालीले नेपाली जनताका हितमा कुन पार्टीले कसको नेतृत्वको सरकारले के–के काम ग¥यो भन्ने कुरा घाम जत्तिकै छलङ्ग भएको कुरा समेत ज्ञवालीले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता ज्ञवालीले सम्पूर्ण नेता एवं कार्यकर्ताहरु अब आउन लागेको संघ र प्रदेशको चुनावमा यो वा त्यो व्यक्ति नभनी एकढिक्का भई अघी बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

उक्त कार्यक्रममा नेकपा (एमाले) बाग्मती प्रदेश सम्पर्क कमिटीका इन्जार्ज तथा पूर्व मन्त्री लालबाबु पण्डितले हाम्रो पार्टीमा धेरै राम्रा र इमान्दार नेता कार्यकर्ता भएकै कारण यो पार्टी प्रति लाखांै नेपाली जनताले आशा र भरोषा गरेको बताउनुभयो ।

साथै पार्टीमा कुनै नेता वा कार्यकर्ताले केही गल्ती गरे त्यस्ता नेता कायकर्तालाई तत्काल कारबाही गरी पार्टीलाई सुसंगठित बनाउने तर्फ सधैंभरी आफ्नो ध्यान केन्द्रीत हुने कुरा कमिटीका इन्चार्ज पण्डितले बताउनुभयो ।

सोही कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा युवा नेता माधव ढुङ्गेलले अहिलेको सरकार काममा भन्दा पनि अन्यत्र केन्द्रित भएको बताए । साथै सरकार जनताको मनबाट सधैभरी टाढा रहँदै आएको कुरा समेत प्रशिक्षणका क्रममा बताए । ढुङ्गेलले केपी शर्मा ओलीले नेतृत्व गर्दा मुलुकले विकासको गति समातेको तर अहिले सबै गतिविधिहरु भताभुङ्ग भएको आरोप लगाए ।

प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) बाग्मती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीले गरेका थिए । ठकुरीले अध्यक्षता गर्दै आज पार्टीका समस्त कार्यकर्ताहरुमा आएको ऊर्जा देखेर आफूलाई खुसी महसुस भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij