
काठमाडाैं । जनताका आधारभूत आवश्यकता पूरा गर सरकार, हैन भने चुनाव के का लागि र कसका लागि ? भन्ने शीर्षकमा साउन ४ देखि विभिन्न १७ बुँदे माग सहित इश्वरदत्त जाेशी अन्न त्याग सत्याग्रह आन्दाेलन (अनसन)मा छन् ।
बलात्कार समस्या समाधानकाे लागि बलात्कार सम्बन्धी एेन ल्याइ अपराधीलाइ कारबाही गर्नुपर्ने, पीडित महिलालाइ उचित न्याय दिनुपर्ने, निर्मला पन्त लगायतका घटनाका पात्रहरुकाे छिटाे खाेजी गर्नुपर्ने लगायतका विभिन्न मागहरु जाेशीकाे १७ बुँदे विज्ञप्तिमा समेटेर कञ्चनपुरका सामाजिक अभियन्ता इश्वरदत्त जाेशी बसन्तपुर दरबार परिसरमा अनसनमा बसेका हुन् ।

उनले १७ बर्षीय कुमारी आमा निहारिक राजपुत बलात्कृत भइ उनीबाट जन्मिएकाे बच्चा र आमा दुवैले न्याय पाउन नसकेकाे बताउँदै उक्त घटनाकाे छिटाे भन्दा छिटाे उचित समाधान पस्कनुपर्ने माग समेत राखेका छन् ।
जाेशीका मागहरूमा राज्यले स्वास्थ्य क्षेत्र निःशुल्क बनाउनुपर्ने, संसदीय व्यवस्थाको कारणले देश अस्थिरता, र अराजकतातर्फ गएकाले त्यसकाे लागि संविधान संशोधन गरेर जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुनपर्ने, पशु चौपायाकाे उचित व्यवस्थापन हुनुपर्ने, नेपाली युवालाई उद्याेग स्थापना गरी यहीँ राेजगारीका अवसर सृजना गर्नुपर्ने लगायत छन्।
जाेशीले विभिन्न राजनीतिक भातृ संगठनहरु बन्द गर्नुपर्ने, प्रत्यक्ष र समानुपातिक सांसदकाे सङ्ख्या घटाउनुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग समेत अगाडि सारेका छन् भने संविधानकाे धारा ५५ खारेज गर्नुपर्ने माग समेत राखेका छन्।

कमल पन्थी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij