२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

परीक्षा नै नदिएको विषयमा अंक प्रदान, चरम लापरवाहीकाे सङ्केत

परीक्षा नै नदिएको विषयमा अंक प्रदान, चरम लापरवाहीकाे सङ्केत

 

राष्ट्रिय परीक्षा बोर्डले बुधबार प्रकाशन गरेको एसइईको नतिजामा चरम लापरबाही देखिएको छ । विशेषगरी संस्कृत माध्यमिक विद्यालय र वेद विद्याश्रम तर्फको नतिजामा लापरबाही देखिएको हो ।

एसइईको नतिजाअन्तर्गत कुनैमा परीक्षा नदिएको विषयमा अंक प्रदान गरिएको छ भने कुनैमा परीक्षा दिएको विषयमा अनुपस्थित देखाइएको छ ।

संस्कृत माध्यमिक विद्यालय रानीपोखरी (दरबार हाई स्कुल)का शिक्षक निश्चल अधिकारीका अनुसार केही परीक्षार्थीको विषय नमिलाई लब्धाङ्कपत्र दिइएको तथा केही विषयमा अनुपस्थित देखाएको पाइएको छ ।

अधिकारीका अनुसार अंग्रेजी विषयको सट्टा वैकल्पिक संस्कृत रचना दिइएको छ भने विज्ञान विषयको साटो व्याकरण र अनुवाद विषय दिई त्यसमा अनुपस्थित देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij