काठमाडाैं । सवारीसाधन आयात प्रतिबन्ध भदौ १४ गतेसम्म लम्बिएसँगै यसपटक हुन लागेको नाडा अटो शो स्थगित हुने भएको छ ।
सरकारले आइतबार आयात प्रतिबन्धको अवधि ४४ दिन थपेपछि नाडा अटोमोबाइलस् एसोसियसन नेपालले भदौ पहिलो साताकाे लागि तय गरेकाे अटाे शाे स्थगित गर्न लागेकाे हाे ।
आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी आगामी भदौ १४ गतेसम्म आयातलाई थप कडाइ गर्दै प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको थियो । आयातलाई थप कडाइ गरेपछि व्यवसायीले नाडा अटो शो गर्न नसकिने निष्कर्ष निकालेका हुन् ।
नाडाका अध्यक्ष ध्रुब थापाले सरकारका कारण दुई बर्षपछि हुन लागेको नाडा अटो शो स्थगित हुने निश्चित रहेको बताए । सरकारकै कारण तेस्रोपटक पनि नाडा अटो शो स्थगित हुने अवस्था आएकाे उनले बताए ।
नाडाले साउन १ गतेपछि सवारीसाधन आयात खुलाउन प्रधानमन्त्रीदेखि उद्योगमन्त्रीसम्म हारगुहार गरेकाे थियाे ।
सवारी विक्रेता कम्पनीहरुसँग भएका स्टकपनि सकिएको र नयाँ सवारी ल्याउन नपाएका कारण व्यवसायी समस्यामा पर्न थालेका छन् ।
सवारीसाधन जस्तो अत्यावश्यक बस्तु विलासी बस्तुमा पर्नु दुखद भएको नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij