२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

भक्तपुरको विकासका निम्ति कसैको मुख ताक्नेछैन: सांसद बस्नेत

भक्तपुरको विकासका निम्ति कसैको मुख ताक्नेछैन: सांसद बस्नेत

भक्तपुर । सहयोगी निलवाराही टोल सुधार समाजको साताैं वार्षिक साधारण सभा आज श्री निलवाराही बैंक्वैटमा सम्पन्न भएको छ ।

सभा नेकपा (एमाले)का पोलिट व्यूरो सदस्य, पूर्व उद्योग मन्त्री तथा सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सभामा धारणा राख्दै पूर्वमन्त्री बस्नेतले आफू सदैव विकासको लागि विभिन्न बाधाव्यवधानलाई सहँदै निरन्तर क्रियाशिल रहँदै आएको बताउनुभयो ।

ऊहाँले अहिलेको सरकारले जनताका चाहनाहरुलाई सम्बोधन गर्न नसकेको आरोप समेत लगाउनुभएको छ ।

बस्नेतले अहिले नेपाली जनतालाई सरकार भएको वा नभएको कुनै पनि महसुस हुन नसकेको समेत बताउनुभयो ।

सरकारले नै विकास कार्यलाई अवरोध गरेको, भक्तपुरमा आएको बजेटलाई कटौति गरी विकास विरोधि काम गरेको समेत ऊहाँले प्रष्ट पार्नुभयो ।

आफू लामो समय देखि भक्तपुरका जनतासँग नजिक रहँदै आएको बताउँदै ऊहाँले आफू जनताबाट टाढा हुन नसक्ने समेत बताउनुभएको छ ।

साथै आफूले विकास र पूर्वाधारको लागि बजेटको कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

उहाँले मध्यपुर थिमी नगरपालिका वडा नं. ८ नयाँबस्तीमा रहेका समस्यामा आफ्नो व्यक्तिगत सहयोग सद्भाव र सहानुभुति रहिरहने समेत बताउनुभएको छ ।

८ नं वडामा अहिले पनि प्रमुख समस्याको रुपमा ढल, बाटोघाटो र स्थानीयका लागि खेल मैदान लगायत समस्या रहँदै आएका छन् । ती समस्या समाधानको लागि आफूले सांसद कोषबाट भएपनि केही वजेट व्यवस्थापन गर्ने कुरा बस्नेतले बताउनुभएको छ ।

उक्त सभामा समाजका अध्यक्ष तथा पत्रकार पुस्कर बस्नेतले यस टोलभित्र रहेका केही अधुरो कामहरुलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै थोरै मात्रामा शुरु भएको बाटोलाई निरन्तरता दिने, ढल र खेलमैदानका निम्ति सबै राजनीतिक दलहरुसँग समन्वय गरेर विशेष पहलकदमी बताउनुभयो ।

उक्त कार्यक्रममा नेकपा-एमालेका जिल्ला कमिटी सदस्य शैलेन्द्र श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका वडा नं. ८ का अध्यक्ष रामचन्द्र जयना, युवा उद्यमी तथा समाजसेवी भीम गिरी, युवा उद्यमी तथा सहकारीकर्मी बाबुरामथापा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिव बस्नेत, समाजका निर्वतमान अध्यक्ष ठेलुमान राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन समाजका सचिव जान्दबी प्रसाद दाहालले गर्नुभएको थियो ।

उक्त सभाले आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सर्वसम्मत रुपले पारित गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij