
काठमाडौं । फिल्म ‘राधा’को तीज गीत ‘पाउमा पाउजु’ रिलिज भएको छ ।
पतिको दीर्घायुको कामना गर्दै उपवास बस्ने साउन महिनाको पहिलो सोमबारको विशेष अवसरमा गीत सार्वजनिक भएको हो ।
गीत सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कास्ट एण्ड क्रिउ उपस्थित रहे । ‘नाच्न त मन थियो राधा पियारी, पाउमा पाउजु छैन बरिलै’ बोलको गीतमा प्रियंका कार्की र सृष्टि श्रेष्ठले छमछमी नृत्य गरेका छन् ।
भदौ १० गते रिलिज हुने यो फिल्मलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । फिल्ममा सृष्टिसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक र बुद्धि तामाङको मुख्य भूमिका छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij