काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार राजपत्रमा सूचना प्रकाशित गदै बैशाख १३ गतेदेखि विभिन्न सामग्रीको आयातमा लगाएको प्रतिबन्धलाई भदौं १४ गतेसम्म पुर्याउने निर्णय गरेको छ।
तीमध्ये १५० सिसीभन्दा बढीका मोटरसाइकलको आयातमा पनि रोक लगाइएको छ। सरकारले आयात कम गरी विदेशी मुद्रा सञ्चिति बढाउन यस्तो निर्णय गरेको हो।
बैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदा २५० सीसी क्षमतामाथिका मोटरसाइकलमा प्रतिबन्ध लगाइएको थियो तर अहिले यसलाई थप कडाइ गरेर १५० सीसीसम्म क्षमताका मोटरसाइकल मात्रै आयात गर्न पाइने भएको हो।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij