काठमाडाैँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेलले यम बुद्धकाे शालिक निर्माण गर्ने काठमाडाैँ महानगरपालिकाकाे निर्णय स्वागतयाेग्य भएकाे सामाजिक सञ्जाल मार्फत बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र आआफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएकाे उनकाे भनाइ छ।
उनले ट्विटरमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र आआफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो। तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।’ भनेर लेखेका छन् ।
काठमाडाैँ महानगरपालिकाले यम बुद्धकाे शालिक बनाउने निर्णय गरेपछि मेयर बालेनकाे चाैतर्फी आलाेचना भएकाे थियाे। आलाेचनापश्चात् उनले आफ्नाे तलबबाट शालिक बनाउने बताएका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij