२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना

धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

घरघरमा स‌ंकलन गरेकाे फाेहाेर  प्राक्टिकल वेष्ट सोलुसन प्रालिले महानगरलकाेनियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन साहले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए ।

मेयर बालेनले सामाजिक सञ्जालमा अवाञ्छित काम नगर्न अनुरोध गर्दै लेखेका छन्, ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पु¥याइदिनु भएकोमा धन्यवाद छ । आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्‍याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij