२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पनौती नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न

पनौती नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न

लुम्बिनी विश्व शान्ति मंचको आयोजनामा पनौती नगरपालिका वडा नं ३ देउती बजै सामुदायिक वनमा “१० लाख वृक्षारोपण तथा संरक्षण अभियान” अन्तर्गत वृक्षारोपण कार्यक्रमको आयोजना गरिएकाे छ।

लुम्बिनी विश्व शान्ति मंचका अध्यक्ष बासु गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख राम शरण भण्डारीले पर्यावरण क्षेत्रमा लुम्बिनी विश्व शान्ति मंचले आयोजना गर्ने  १० लाख वृक्षारोपण कार्यक्रमको सफलताको शुभकामना दिँदै आफ्नै गृहनगरमा यस्तो भब्य कार्यक्रम आयोजना गर्नु भएकोमा आयोजक संस्थालाई धन्यवाद दिनुभयाे ।

आगामी दिनमा पनि यस्तो कार्यको लागी पनौती नगरपालिकाले पनि मिलेर वृक्षारोपण कार्यक्रम गरी यस नगरपालिकालाई हरित बनाउने अभियान मा आगमी दिनमा अझै बृहत रूपमा लुम्बिनी विश्व शान्ति मंचसँग हातेमालो गर्दै बृक्षारोपण गरिने तथा पनौतीको पर्यटन प्रवर्द्धनमा समेत उक्त संस्थासंग मिलेर काम गर्ने बताउनुभयाे। साथै सरकारले गर्ने काम लुम्बिनी विश्व शान्ति मंच ले गरेकोमा उक्त संस्था लाई मुरी मुरी धन्यवाद ब्यक्त गर्नुभयो।

कार्यक्रममा अतिथिको रूपमा पनौती नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विष्णु सापकोटा र लक्ष्मी बैंकको सामाजिक उत्तरदायित्व संस्था लक्ष्मी केयर्सका अध्यक्ष शिशु जोशीले पनि मन्तब्य राख्नु भयो।

लुम्बिनी विश्व शान्ति मंच को आगामी बृक्षारोपण कार्यक्रम यहि महिनाको अन्त तिर बुटवल रूपन्देही मा गरिने अध्यक्ष बासु गौतम र महासचिव धिरेन्द्र पन्तले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij