२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेशको नेतृत्वमा राजेन्द्र लिगल

भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेशको नेतृत्वमा राजेन्द्र लिगल

नेपाल भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट राजेन्द्र लिगलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।

शनिबार सम्पन्न अधिवेशन मार्फत एसोसिएसनको नयाँ नेतृत्वको उपाध्यक्षमा सुरेन्द्र बहादुर गोदार, सचिवमा राजेश भट्टराई, कोषाध्यक्षमा हरि प्रसाद अधिकारीले जिम्मेवारी पाएका छन् ।

यसैगरी एसोसिएसनका कार्यसमिति सदस्यहरुमा आनन्द सापकोटा, सुरेन्द्र पाण्डे, कौशल चन्द्र जिसी, रामचन्द्र पोखरेल, गणेश कँडेल, नविन सुवेदी र रमेश पौडेल चुनिएका छन् ।

नयाँ नेतृत्वको जिम्मेवारी लिँदै अध्यक्ष ई. राजेन्द्र लिगलले अहिले पनि धितो मूल्याङ्कनकर्ताहरु विभिन्न समस्याहरुबाट पीडित रहँदै आइरहेको अवस्थाको स्मरण गराउँदै आफूले धितो मूल्याङ्कन क्षेत्रलाई व्यवस्थित र बलियो बनाउनको लागि सक्दो प्रयाश गर्ने र पेशागत मर्यादा कायम राख्दै व्यावसायिक एकता सुदृढ बनाउन निरन्तर क्रियाशिल रहने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij