काठमाडौं । टोखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा बजेट सार्वजनिक गर्ने क्रममा नगरपालिकालाइ ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर निर्माण गर्ने याेजना अघी सारेकाे छ ।
११ वडा रहेकाे टाेखामा दुई अर्ब ११ करोड ५६ लाख सात हजार रुपैयाँको बजेट प्रस्तुत गर्ने क्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले चालू आर्थिक वर्षकाे लागि टाेखाकाे पहिचान बाेकेकाे चाकुकाे ब्राण्डिङ गर्नकाे लागि समेत बजेट विनियाेजन गरिएकाे बताउनुभयाे ।
टोखा नगरपालिकाले नीति तथा कार्यक्र प्रस्तुत गर्ने क्रममा नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने लगायतका याेजना अघी सारेकाे छ ।
नगरपालिकाले सेवा प्रवाहलाइ सहज बनाउने कार्यक्रम अघी सारेकाे छ । जसअन्तरगत राजस्व तिर्ने व्यवस्थालाई अनलाइन प्रणालीमा लैजाने, नगरपालिकाका हरेक कामलाई विद्युतीय माध्यमबाट गर्ने, चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने, वित्तीय सुशासन कायम राख्ने लगायत छन् ।
यसैगरी नगरपालिकाले ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै सार्वजनिक चोक, मठमन्दिर, विद्यालय, वडालगायत सबै स्थानमा सडक बत्ती जडान गर्ने, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घरलाई संरक्षण गर्ने, मेयर दिर्घायु कार्यक्रमलाई निरन्तरता दिने, उपमेयरसँग बालबालिका कार्यक्रम लगायत समेत सञ्चालन गर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij