
काठमाडौं । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा साताव्यापी कार्यक्रमहरु आयाेजना गर्न लागिएकाे छ ।
मदन भण्डारी फाउण्डेशनकाे आयाेजनामा साताव्यापी विविध कार्यक्रम सहित मदन भण्डारी जयन्ती मनाउन लागिएकाे हाे ।
नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारीको जन्म जयन्ती यही असार १४ गते पर्दैछ ।
जन्मदिनका अवसरलाइ लक्षित गरेर फाउण्डेशनले आजदेखि असार १६ गतेसम्मका लागि विभिन्न कार्यक्रमहरु तय गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij