काठमाडाैं । यही असार ६ गते अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ । भेटको क्रममा सरकारले कार जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिबन्ध अविलम्ब खुला गर्न माग गरेको छ ।
भेटघाट तथा छलफलको क्रममा अध्यक्ष थापाले सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितीमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जीप र भ्यानलाई आउँदो आषाढ मसान्तसम्मको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशित गरी आयातमा लगाइएको प्रतिवन्ध तत्काल खारेज गर्न अनुरोध गर्नुभएको छ ।
बैंक तथा वित्तिय निकायहरुमा फाइनान्सको असहजता, एल.सि मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका बृद्धि जस्ता विषयहरुले विगत ८ महिना देखि अटोमोवाइल व्यवसायमा ८० प्रतिशत भन्दा बढीले ह्रास आएको अध्यक्ष थापाको धारणा छ ।
सोही भेटघाटको क्रममा अध्यक्ष थापाले देशलाई भन्सार विन्दुमा उठने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउँदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पुर्याएको नेपालको अटोमोवाइल क्षेत्रमा खर्बौंको लगानी तथा लाखौंलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुग्ने स्थिति सृजना हुनु दुखद रहेको बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij