२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सरकारले चासाे नराखे अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजना पनि राेकिन सक्ने महासंघकाे चेतावनी

सरकारले चासाे नराखे अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजना पनि राेकिन सक्ने महासंघकाे चेतावनी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मूल्य समायोजन निर्देशन जारी नगरेमा अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनामा समेत निर्माण कार्य ठप्प हुन सक्ने बताएकाे छ ।

पेट्राेलियम पदार्थ एवं निर्माण सामाग्रीमा भएकाे अत्याधिक मूल्यवृद्धिबाट परेको असरलाइ लिएर वैशाख ११ देखि निर्माण व्यवसायीहरु आन्दाेलनमा छन् ।

११ वैशाखदेखि निर्माण व्यवसायीले मूल्य बढेको कारण देखाउँदै  देशभर अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनाबाहेकमा काम रोकेका छन् ।

देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको बिषम अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्यवृद्धिका कारण निर्माण सामग्रीहरूको समेत अत्याधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij