२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

हाजिर अनुसार नै कर्मचारीलाई तलब दिँदै काठमाण्डौँ महानगर

हाजिर अनुसार नै कर्मचारीलाई तलब दिँदै काठमाण्डौँ महानगर

काठमाडौँ । काठमाण्डौँ महानगरपालिकाका कर्मचारीले हाजिर अनुसारको तलब पाउने भएका छन् । महानगरपालिकाले आज एक सूचना निकालेर समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने चेतावनी दिएको हो ।

गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन निर्देशन दिएको छ ।

महानगरले सबै विभाग र वडालाई पत्र पठाएर उक्त चेतावनी दिएको हो ।

स्पष्ट कारण खुलाएर अनुपस्थित हुनुको कारण नदेखाएसम्म असार महिनाको तलब नबन्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij