२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

मर्जरपश्चात् ग्लोबल आइएमई बिओके पुनः नम्बर १ बन्दै

मर्जरपश्चात् ग्लोबल आइएमई बिओके पुनः नम्बर १ बन्दै

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बीच मर्जर गर्ने प्रारम्भिक सम्झौता भएको छ । दुवै बैंकबीच असार २ गते बिहीबार ग्लोबल आइएमई बैंका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने भएको छ । मर्जरपश्चात् बन्ने बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । यता मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रत्नराज बज्राचार्य बन्ने भएका छन् ।ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ । तर ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासका आधारमा अधिकांश सूचकहरुमा ग्लोबल आइएमई बैंक अगाडि रहेको छ । नम्बर वानको ताज सम्हालिरहेको ग्लोबल आइएमई बैंकले मर्जरपश्चात् पनि देश कै सबैभन्दा ठूलो बैंक बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij