२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

रसुवागढी हाइड्रोपावरलाइ आईपीओ निष्काशन गर्न बाेर्डकाे अनुमति

रसुवागढी हाइड्रोपावरलाइ आईपीओ निष्काशन गर्न बाेर्डकाे अनुमति

स्थानीयलाइ आइपिओ जारी गर्ने

 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

रसुवागढी हाइड्रोपावरले जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँको १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।

रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १० कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ पुग्नेछ ।

रसुवागढी जलविद्युत आयोजनाको क्षमता १११ मेगावाट छ । आयोजना रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका साविकको थुमन र टिमुरे गाविसमा रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij