२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सौन्दर्य प्रशाधन सामाग्रीलाई विलासिताको सूचीबाट हटाइयोस्ः अध्यक्ष तिमल्सिना

सौन्दर्य प्रशाधन सामाग्रीलाई विलासिताको सूचीबाट हटाइयोस्ः अध्यक्ष तिमल्सिना

काठमाडौंः नेपाल कस्मेटिक व्यवसायी संघले कस्मेटिक सामानहरुलाई सरकारले विलासिताका वस्तुहरुको सूचीमा वर्गिकरण गरेको प्रति खेद व्यक्त गर्दै विज्ञप्ति प्रकाशन गरेको छ ।

नेपाल कम्मेटिक व्यवसायी संघको २०७८ चैतमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्ष पदमा चुनिएका ऋषिकेश तिमल्सिनाले सरकार र प्रशासनको अन्यायपूर्ण नीतिको मारमा व्यवसायीहरु पर्दै आएको समेत बताएका छन् ।

भन्सार र अन्तःशुल्कमा भएको वृद्धि जायज नरहेको बताउँदै सरकारले आफ्नो कदममा तुरुन्तै सुधार गर्नुपर्ने समेत अध्यक्षले बताए । साथै आफूहरुको नयाँ नेतृत्व कस्मेटिक क्षेत्रको दिगो विकास एवं व्यावसायिक हकहितको लागि निरन्तर क्रियाशिल रहने समेत अध्यक्ष तिमल्सिना बताउँछन् ।

A lot of different cosmetic products for personal care isolated on white

स्वदेशमै कस्मेटिक वस्तुको उत्पादन गरी निर्यात गर्नसके विदेशी मुद्रा आर्जन गरी बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सकिने संघको ठहर छ । त्यसको लागि राज्यबाट उचित वातावरण सृजना हुनुपर्ने संघका अध्यक्षको धारणा छ ।

सौन्दर्य प्रशाधन सामाग्रीहरु प्रयोग गर्दा त्यसले बाहिरी सौन्दर्य मात्र नभई आन्तरिक सौन्दर्यमा पनि कुनै असर नपार्ने गरी निश्चित गुणस्तर कायम गर्न मापदण्ड निर्धारण गर्नुपर्ने विषयलाई समेत संघले जोडदार रुपमा उठाउँदै आएको छ ।

मूलतः कस्मेटिक सामाग्रीहरुलाई विलासिताको सूचीबाट हटाएर दैनिक आवश्यकताको वस्तुमा राख्नुपर्नेमा संघको विज्ञप्ति केन्द्रित छ ।

पुरुष महिला दुवैको लागि सौन्दर्य प्रशाधन अर्थात कस्मेटिक सामाग्रीहरु उपभोग हुने भएपनि अधिकांश यस्ता सामाग्रीहरुका प्रयोगकर्ता महिला नै रहने गरेका छन् । सौन्दर्य प्रशाधन सामाग्री अन्तरगत स्याम्पु, साबुन, लोसन, फेस क्रिम, सावरजेल, सेन्ट, बडीस्प्रे, आप्टर सेभ, सेभिङ क्रिम, ब्लेड, रेजर एवं महिलाहरुले प्रयोग गर्ने श्रृङ्गार सामाग्रीहरु (नङ पालिस, लिपिस्टिक, चुरा पोते, टिका, सिंदुर, काईंयो, ऐना लगायत) पर्दै आएका छन् ।

 

दैनिक आवश्यकताका सौभाग्य सामाग्रीलाई लगातार अन्तःशुल्क एवं भन्सार वृद्धि गर्दै लैजानुलाई संघले हाम्रो नेपाली संस्कृति माथिको सरकारको गिद्धेदृष्टिको रुपमा औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij