२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ समापन

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ समापन

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजीटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ सम्पन्न भएको छ । ब्राण्डवर्थ प्रालिकले आयोजना गरेको एक दिने कन्क्लेभ शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो ।

कन्क्लेभलाई नेपाल सरकारका सुचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गदैै मन्त्री कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने बताउनु भयो । यसका साथै यस कार्यक्रमले डिजीटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उहाँको भनाइ छ ।

यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको विकास उत्साहजनक देखिएकोे बताउँनुभयो । बिशेषगरि कोरोना कालपछि नेपालले डिजीटल पेमेन्टमा फड्को मारेको बताउँनुभयो । १÷२ बर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको अर्थतन्त्र कहिले डिजिटलाइज हुन्छ भनेर प्रश्न आउँथ्यो । तर, आज त्यस्तो प्रश्न आउने अवस्था नभएको उहाँले बताउनुभयो । यद्यपि, डिजिटाइजेशनमा गर्नुपर्ने कामहरु धरै रहेको बताउँदै उहाँले त्यसको लागि राष्ट्र बैंक सकरात्मक रहेको बताउनुभयो ।
कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागि ग्रुप कन्ट्रि म्यानेजर सन्दिप घोषले कि–नोट स्पीच प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उहाँले नेपालले पछिल्ला दिनमा डिजिटल भुक्तानीमा ठुलो फड्को मारेको बताउनुभयो ।
कन्क्लेभमा बिभिन्न ४ शतमा बिभिन्न बिषयमा प्यान डिसकशन पनि गरिएको थियो । जसमा पहिलो शत्रको ‘बदलियो समय, बदलियो अर्थतन्त्र‘’ बिषयक प्यानल डिसकसना नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढंगाना, सुचना सञ्चार तथा प्रविधि मन्त्रालयका सह सचिव उत्तर कुमार खत्री र अर्थमन्त्रालयका सह सचिव महेश आचार्य वक्ताका रुपमा रहनुभएको थियो । कार्यक्रमलाई समृद्धि फाउन्डेशनका दिपेन्द्र चौलागाईले मोड्रेसन गरेका थिए । छलफलमा उहाँहरुले डिजिटल अर्थतन्त्रको विकास गर्न पुर्वाधारको विकास गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय अर्थतन्त्र डिजिटलाइज भइरहेकोले त्यसलाई पूर्णता दिन डेटा सेन्टर लगायतका पुर्वाधारको विकास गर्नुपर्ने उहाँहरुको भनाइ थियो । आवश्यक पुर्वाधारको विकास गर्न सके अर्थतन्त्रको डिजिटाइजेशनमा थप फड्को मानिने उहाँहरुको भनाइ छ ।
यस्तै दोस्रो शत्रमा ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’ विषयमा छलफल भएको थियो । विश्वबैंकका सिनियर डिजिटल स्पेसलिष्ट सिद्धार्थ राज मोडियटर रहनुभएको छलफलमा, इम्प्याक्ट हबकी निर्देशक बहार कुमार, उटोपियाकी प्रबन्ध निर्देशक डोरी न्गुयान फुसेमेसिनकी निर्देशक रुची पाण्डे वक्ता थिए । उक्त शत्रमा डिजिटल इकोनोमीमा महिलाहरुलाई अवसर पुर्याउने विषयमा छलफल भएको थियो । अहिलेको इको सिस्टम मेल डोमिनेट भएको बताउँदै त्यसलाई महिलामैत्री बनाउनुपर्ने उनीहरुको माग थियो ।

यस्तै तश ‘नेपाल ः सानो बजार कि असिमित सम्भावना ? विषयमा छलफल भएको थियो । पत्रकार जनार्दन बरालले मोडिएटर गरेको कार्यक्रममा सफल पार्टनर्सका फाउण्डर आसुतोष तिवारी, नेपाल इनफ्रास्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, अर्थशास्त्री श्रीबाबा पोखरेल, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुशी राना वक्ता थिए ।
कार्यक्रममा उनीहरुले अर्थतन्त्रको विकास गर्न नेपाली अर्थतन्त्रलाई उत्पादनशिल बनाउनुपर्ने बताए । साथै, वैदेशिक व्यापारमा पनि उत्तिकै जोड दिनुपर्ने उहाँहरुको भनाइ थियो ।
यसैगरी चौथो सत्रमा हामीसँग नेपाली युनिकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा छलफल भएको थियो । नविल बैंकका सिइओ अनिलकेशरी शाहले मोडिएटर गरेको उक्त शत्रमा आइएमइ गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, डोल्मा इम्प्याक्ट फण्डका प्रबन्ध निर्देशक विद्यावारिदी सिग्देल, अवसर इक्वीटीका अध्यक्ष लोकेश टोडी, एनआरएन इनफ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकी सिइओ उषा खतिवडा वक्ता हुनुहुन्थ्यो । नेपालमा युनिकोर्न खोजी गर्न निजी क्षेत्रबाट बिशेष प्रकृतिको पुँजी स्थापना हुनुपर्ने उहाँहरुको भनाइ थियो । साथै, सरकारले पनि नीतिगत रुपमा प्रोत्साहन गर्नुपर्ने उहाँहरुले बताँउनु भएको थियो ।

कन्क्लेभमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले धन्यवाद ज्ञापन गर्दै डिजिटल नेपालले नेपालीको भविष्य पनि राम्रो बनाउने र अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताउनुभयो । साथै, व्यवसाय गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गर्नुपर्नेे उहाँको भनाइ छ ।
‘हामीले बिगत १८ बर्षदेखि डिजीटल ट्रान्सफरमेशन लगायतका व्यवसायमा काम गर्दै आएका छौं । यो बीचमा हामीले धेरै दुःख पायौं, उहाँले भन्नुभयो, ‘तर अब आउने नयाँ उद्यमीहरुले हामीले जस्तो दुःख पाउनुहुँदैन । सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ ।’
कोभिड १९ पछि नेपालीहरु डिजीटल प्रविधिका अनेकौं आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेशन तर्फ फड्को मारिरहेकोे कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजना गरिएको थियो । सत्रहरुमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहेको थियो । यस कार्यक्रमको मुख्य प्रायोजक फोनपे रहेको थियो भने कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij