२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

चन्द्रागिरीबाट शुरु भयो १० लाख वृक्षारोपण अभियान

चन्द्रागिरीबाट शुरु भयो १० लाख वृक्षारोपण अभियान

 

काठमाडौं । विश्व पर्यावरण दिवशको हार्दिक मंगलमय शुभकामना सहित लुम्बिनी विश्व शान्ति मंच तथा थानकोट जेसिजको आयोजनामा चन्द्रागिरी नगरपालिका वडा नं ३ मा १० लाख वृक्षारोपण अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरियो।

ग्रिन हयाण्डसका अध्यक्ष अर्पणा पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा लुम्बिनी विश्व शान्ति मंचका अध्यक्ष बासु गौतमले स्वागत मन्तब्य राख्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले पर्यावरण क्षेत्रमा लुम्बिनी विश्व शान्ति मंच र ग्रिन हयाण्डसले आयोजना गर्ने गरेको १० लाख वृक्षारोपण कार्यक्रमको सफलताको शुभकामना दिदैं आफ्नै गृहनगरमा यस्तो भब्य कार्यक्रम आयोजना गर्नुभएकोमा आयोजक संस्थालाई धन्यवाद दिनुहुदै आगामी दिनमा यस्तो कार्यको लागी चन्द्रागिरी नगरपालिकाले पनि हातेमालो गर्दै वृक्षारोपण कार्यक्रम स्थल चन्द्रागिरी नगरपालिका वडा नं ३ मा अवस्थित बुद्ध पार्कलाई ब्यवस्थित गर्दै साईकल लेनको निमार्ण गरी हरित बगैचाको अवधारणामा रूपान्तरण गरिने बताउनु भयो।

कार्यक्रममा अतिथिको रूपमा काठमाडौं जेसिजका अध्यक्ष अनुप सुनुवार र नेपाल टेलिकम सेटेलाइट शाखा बलम्बुका प्रवन्धक जगदिश लेखकले पनि मन्तब्य राख्नुभयो भने लुम्विनी विश्व शान्ति मंचका महिला संयोजक प्रविना रावलले प्रमुख अतिथि र अतिथीहरूलाई खादा लगाई स्वागत गर्नुभयो।

कार्यक्रमको संचालन लुम्बिनी विश्व शान्ति मंचका महासचिव धिरेन्द्र पन्तले गर्नु भएको थियो। १० लाख वृक्षारोपण कार्यक्रम अन्तर्गत उक्त वृक्षारोपण कार्यक्रमको प्रायोजन नेपाल टेलिकम, लक्ष्मी बैंक लि।, लक्ष्मी केयर ९लक्ष्मी बैंकको सामाजिक कार्यक्रम, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौं, सेन्चुरी कमर्सियल बैंक र आरसी कोलाले गरेको थियो भने वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन नेपाली सेना युद्वकवच गण सितापाईला, काठमाडौं जेसिज, काठमाडौं लेडी जेसिज, इमाडोल जेसिज, लगायत संघ संस्थाहरूको अतुलनीय सहयोग रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij