२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

हेलिकप्टरमा दुई पाइलट राख्न सम्भव नहुने

हेलिकप्टरमा दुई पाइलट राख्न सम्भव नहुने

210824-N-PC065-1009 ..CARIBBEAN SEA - (Aug. 24, 2021) -- An Airbus AS565 Panther helicopter attached to the French navy Floréal-class frigate FS Germinal (F735), lands on the flight deck of the San Antonio-class amphibious transport dock ship USS Arlington (LPD 24), Aug. 24, 2021. The commanding officer of Germinal visited Arlington to conduct a key leader engagement and exchange best practices as they work together toward the common goal of supporting the humanitarian relief effort in Haiti. Arlington is deployed to U.S. Naval Forces Southern Command/U.S. 4th Fleet to support humanitarian assistance and disaster relief (HADR) efforts in Haiti following a 7.2-magnitude earthquake Aug. 14, 2021. (U.S. Navy photo by Mass Communication Specialist 2nd Class John Bellino/Released)
काठमाडाैँ- नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ।

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो।

हेलिकप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ।

एक इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउँछन्।

नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उनको भनाइ छ।

हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकप्टरले व्यावसायिक उडान भर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij