२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

कीर्तिपुरमा फोहोरको स्थायी समाधान दिनेछौं: नकर्मी

कीर्तिपुरमा फोहोरको स्थायी समाधान दिनेछौं: नकर्मी

राज कुमार नकर्मी,  मेयर पदका उम्मेदवार, (नेपाली काङ्ग्रेस), कीर्तिपुर नगरपालिका

राज कुमार नकर्मी हाल काठमाडौं जिल्ला उपसभापति हुनुहुन्छ । ऊहाँले नेपाल विद्यार्थी संघको राजनीतिबाट आफूलाई राजनीतिक यात्रामा अघी बढाउनुभएको हो । वि.सं २०४० मा सम्पन्न भएको स्ववियु निर्वाचन (ताहाचल क्याम्पस)मा नेविसंघबाट निर्वाचित हुनुभएका नकर्मीले औपचारिक रुपमा स्नातकोत्तर तहको शिक्षा पूरा गर्नुभएको छ ।

२०४६ को जनआन्दोलनमा कीर्तिपुरबाट जनआन्दोलन परिचालन कमिटी संयोजक, २०४८ मा महाधिवेशन प्रतिनिधि र ०६२–६३ मा जनआन्दोलन नेतृत्व गर्ने काङ्ग्रेसका प्रमुख हुँदै पार्टीका विभिन्न कमिटीमा उहाँले योगदान पु¥याउनुभएको छ ।

कीर्तिपुरमा काङ्ग्रेसको अवस्था
अहिले सम्म नेपाली काङ्ग्रेस प्रति मानिसहरुको अवस्था राम्रो नै देखिएको छ । यद्यपि निर्वाचन हो । जनताले हामीलाई कसरी लिन्छन् त्यसमा हाम्रो विजय निर्धारण हुनेछ । हामीले अघिल्लो पटक स्थानीय तह निर्वाचनमा जित्न नसकेपनि प्रदेश र संघमा भने नेपाली काङ्ग्रेसले नै जितेको हो । कीर्तिपुरमा नेपाली काङ्ग्रेसको पक्षमा जनमत कमजोर छैन । विगतमा कीर्तिपुर वामपन्थीहरुकै केन्द्र मानिन्थ्यो । अहिले भने युवा पंक्तिका व्यक्तिहरु नेपाली काङ्ग्रेसप्रति बढी नै आकर्षित छन् ।

यतिबेला हामी कीर्तिपुरका १० ओटै वडामा घरदैलो कार्यक्रम तीव्र पारेका छौं । हामीले विभिन्न व्यक्तिलाई जिम्मेवारी बनाएका छौं । हामीले महिला समूह एवं तरुण दललाई क्रियाशिल बनाएका छौं । कीर्तिपुरमा करिब ३० हजार मतदाताहरु रहेका छन् ।

हामीले शिक्षा, स्वास्थ्य, सरसफाईको अलावा ऐतिहासिक सांस्कृतिक धरोहरहरुको संरक्षण र प्रवद्र्धन गरी आर्थिक उपार्जनको आधार बनाउने, पर्यटन प्रवद्र्धन गर्ने लगायतका कार्यक्रमहरु पनि तय गरेका छौं ।

भौतिक पूर्वाधार अन्तरगत हामीले खानेपानी, कच्ची एवं साँघुरो बाटोको उपयुक्त समाधान लगायतलाई बढी महत्व दिनेछौं । शिक्षा, स्वास्थ्य एवं वातावरणीय पक्ष पनि हाम्रो प्राथमिकतामा नै रहनेछन् । कीर्तिपुरमा पर्यटनको समेत राम्रो सम्भावना छ । पर्यटन क्षेत्रलाई व्यावसायिकरण गर्नको लागि काम गर्नेछौं ।

साँघुरो बाटोलाई फराकिलो बनाउन घना बस्ती रहेको ठाउँमा त्यति सहज त पक्कै हुँदैन । यद्यपि हामीले मापदण्ड पुगेको र खुल्ला ठाउँमा रहेको अवस्थामा त्यो समाधान गर्नेछौं । फोहोरमैला नगरपालिका आफैंले व्यवस्थित गर्ने व्यवस्था मिलाउनेछौं । फोहोरमैलाको लागि नगरपालिका क्षेत्र अन्तरगत चोभारका खालि जग्गामा डम्पिङ साइट बनाउन स्थानीय बासिन्दा, क्लब एवं संघसंस्था र जनप्रतिनिधिहरुसँगको सहमतिबाट त्यो समाधान निकाल्नेछौं । फोहोरबाट बायोग्यास निकाल्ने सम्बन्धमा हामीले सम्भाव्यता अध्ययन गर्नेछौं । ढलको व्यवस्थापनको लागि हामीले नयाँ नक्सा बनाएर सानो पाइपको सट्टा अर्को ठूलो पाइप विछ्याएर बर्षायाममा बाटो फोहोर नहुने गरी व्यवस्थापन गर्नेछौं । यस्तो ढलको पानीलाई प्रशोधन गर्न कीर्ति विहारको मुनि पट्टी (ढोँग भन्ने ठाउँमा) प्रशोधन प्लान्ट राखेर ढल प्रशोधन गर्नेछौं । त्यहाँबाट निस्कने ग्यासलाई औद्योगिक प्रयोजनको लागि प्रयोग गर्ने, फोहोरलाई मल बनाउने र बाँकी रहेको सङ्लो पानी बाग्मतीमा पठाउने व्यवस्था गर्नेछौं । जुन असम्भव कार्य हुनेछैन ।

आर्थिक उपार्जनको लागि
हामीले आर्थिक गतिविधिहरु कीर्तिपुरमा अत्यन्तै न्यून रहेको पाउँछौं । ठूलो उद्योग सिताराम दूध मात्र अहिले सम्म रहँदै आएको छ । यसरी उद्योगधन्दा नफस्टाउने कारणको रुपमा ठूला राजमार्गमा कीर्तिपुर शहर जोडिने स्थिति नबन्नु पनि प्रमुख मध्ये एक हुन सक्छ । हामीले स्तरीय सडक निर्माण गर्ने र उद्योगीहरुलाई उद्योग स्थापनाको लागि आकर्षित गर्नेछौं । कीर्तिपुरका बासिन्दालाई स्थापित उद्योगहरुमा रोजगारीको लागि व्यवस्थापन गर्नेछौं ।

प्रशासनिक सुधार
हामीले जनताहरुले जनप्रतिनिधिहरुलाई चाहेको बेला भेट्न सकिने गरी कार्यालयमा नै मुख्य समय बिताउनेछौं । नगर प्रशासन सुधारका विभिन्न कामहरु हामीले गर्नुपर्नेछ । सेवा लिन आउने जनतालाई तत्काल सेवा दिन सकिने गरी हामीले उपयुक्त प्रवन्ध मिलाउनेछौं । कर्मचारीलाई कार्यविभाजन गरेर काम प्रति जिम्मेवार बनाउनेछौं । आवश्यकता बमोजिम कर्मचारीमा दक्षता विकासको लागि हामीले काम गर्नेछौं । सम्भव रहेसम्म सेवाग्राहीहरुले झण्झटमुक्त तवरले सेवा लिन सकिने परिपाटी हामीले विकास गर्नेछौं । अन्य सरोकारवाला निकायसँग समेत सहकार्य गरेर हाम्रा गतिविधिहरु सञ्चालन गर्नेछौं ।
पर्यटन सुधार
कुनै समय कीर्तिपुरमा पर्यटनको राम्रो सम्भावना थियो । बीचमा केही समस्याहरु सृजना भएर यहाँ पर्यटकहरुको आगमन घट्यो । पर्यटन व्यवसायमा संलग्न संघसंस्थाहरुले पनि पर्यटकीय रुटहरु हटाए । यससँगै अहिले कीर्तिपुरमा पर्यटक आगमन अत्यन्तै न्यून छ । अब हामीले पर्यटकीय रुटको पुनः स्थापना गर्नेछौं । पर्यटन प्रवद्र्धनको लागि आवश्यक पर्ने सरसफाई, खानेपानी, चर्पी, मनोरञ्जनस्थल, होटल रेष्टुरेन्ट लगायतको आवश्यक व्यवस्था गरी पर्यटकहरु आकर्षित हुने वातावरण हामीले तयार गर्नेछौं ।

अन्त्यमा
समृद्ध कीर्तिपुर हाम्रो चाहना हो । त्यो चाहना पूरा गर्नको लागि सबैभन्दा पहिले हामीलाई मतदान मार्फत विजयी गराउनुस् । हामी तपाईंहरुका सपना साकार पार्न निःस्वार्थ रुपमा काममा खटिनेछौं । कीर्तिपुरको अपेक्षित रुपमा विकास भएको हेर्न चाहनुहुन्छ भने हामी त्यो विकास गर्न हामी सक्षम हुनेछौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij