२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

रिभर फल्स हाईड्रोपावरको आइपिओमा २ लाख ५३ हजार ८९० जनाले पाए शेयर

रिभर फल्स हाईड्रोपावरको आइपिओमा २ लाख ५३ हजार ८९० जनाले पाए शेयर

रिभर फल्स हाईड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड जेष्ठ ९ गते सोमवार अपरान्ह ४:०० बजे कमलादी, काठमाडौं स्थित आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १८ लाख ५९ हजार २ सय ४२ जना आवेदन मध्ये योग्य आवेदक १८ लाख ९ हजार २ सय ५९ जनाले आवेदन दिएकोमा १५ लाख ५५ हजार ३ सय ६९ जना आवेदकको हात खाली भएको छ।

बाँकी आवेदकमा २ लाख ५३ हजार ८ सय ९० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। हाईड्रोपावरको आइपिओमा २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताको लागि कुल रु.२.१३ अर्ब बराबरको आवेदन परेको थियो।

कम्पनीले जारी पूंजी रु.७० करोडको ३९% ले हुन आउने रु.२७.३० करोडको प्रति शेयर रु.१०० अंकित दरका २७,३०,००० कित्ता शेयर मध्ये ५४,६०० कित्ता अर्थात २% कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेर १,३६,५०० कित्ता अर्थात ५% साधारण शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहने २५,३८,९०० कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij