२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

विकासप्रेमी भूपाल पोखरेलको पक्षमा धुर्कोटमा व्यापक जनलहर

विकासप्रेमी भूपाल पोखरेलको पक्षमा धुर्कोटमा व्यापक जनलहर

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका अघिल्लो कार्यकालमा उत्कृष्ट विकास गतिविधिहरु सञ्चालन गर्ने स्थानीय तहहरु मध्ये नेपालभारबाट पाँचौं र लुम्बिनीबाट तेस्रो उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ ।

अघिल्लो कार्यकालमा नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गरेका भूपाल पोखरेलले २०७४ असार १४ सम्पन्न निर्वाचन मार्फत नेतृत्व सम्हालेपछि स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

स्थानीय तहमा आर्थिक उपार्जनका आधारहरु तय गर्दै समग्र धुर्कोट विकासको लागि आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई आफ्नो नेतृत्वले सँगसँगै अघी बढाएको अध्यक्ष पोखरेल बताउँछन् ।

पहिलो कार्यकालमा सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण कामहरु भएको बताउँदै पोखरेल विचित्र गुफा र धुर्कोट दरबारको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार, कालिकास्थान मन्दिर पुनर्निर्माण, वर्वोटमा निर्मित शहिदपार्क, पदमार्ग निर्माण लगायतका विभिन्न कामहरु आफूहरुबाट सम्पन्न भएको पोखरेलले बताए ।

आफ्नो कार्यकालमा आफूले कुल १ हजार ७ सय ४६ दिन गाउँपालिकाको नेतृत्व लिएको बताउँदै सो अवधिमा गाउँपालिकाबाट साना–ठूला गरी कुल ३ हजार ३ सय ७७ ओटा विकास आयोजनाहरु अघी बढाइएको पोखरेलले बताए । ती आयोजना अघी बढाउने क्रममा ६५ करोड ९५ लाख बराबरको रकम बराबरको पुँजीगत खर्च भएको समेत पोखरेलले स्पष्ट पारेका छन् ।

कृषि र पशुपालनमा उत्पादकत्व वृद्धि, सम्भव रहेका क्षेत्रहरुको पहिचान गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने कार्यलाई प्रोत्साहन दिएको कार्य अहिले धुर्कोट गाउँपालिकामा ऊर्जाशिल युवाहरु गाउँमै रहेर काममा खटिने वातावरण तयार भएको समेत बताए ।

आफ्नो पहिलो कार्यकालमा गाउँपालिका भित्र बाख्रापालन मार्फत करिब २ हजार महिलाहरुलाई आर्थिक उपार्जनको आधार बनाएको, गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाएको, बाँझो जग्गालाई उपयोगमा ल्याइएको, व्यावसायिक तरकारी एवं फलफूल खेतीलाई प्रोत्साहन गरिएको समेत पोखरेलले बताए ।

आफ्नो समृद्ध धुर्कोट अभियानको जग तयार पार्नमा अन्तरनिकाय समन्वयले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको पोखरेल बताउँछन् । कृषि कार्यक्रमहरुको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण, जिल्ला कृषि ज्ञान केन्द्र र धुर्कोट गाउँपालिकाको संयुक्त प्रयाशमा धुर्कोटमा ५ वटा चाक्लाबन्दी खेती शुरु गरिएको र यसबाट कृषिको व्यावसायिकरण एवं कम लागतमा उच्च प्रतिफल प्राप्ति गर्न सहयोग पुगेको समेत पोखरेलले बताएका छन् । संघ र प्रदेशबाट प्राप्त बजेटहरु पनि विभिन्न परियोजनामा प्रयोगमा आएको पोखरेलले बताए । सबैको सहकार्यबाट उपलब्धि हासिल हुन सकेकोमा पोखरेल सबै सरोकारवाला निकायप्रति कृतज्ञता प्रकट गर्दछन् ।

हाल धुर्कोटमा सुन्तला खेती, कागती खेती, बाख्रापालन, दूध उत्पादनको अलावा उत्पादित वस्तुको बजारीकरणको लागि सहकारी संस्थाहरुसँग सहकार्य मार्फत काम भइरहेको छ । आफूले आयआर्जनका महत्वपूर्ण क्रियाकलापहरु सञ्चालन गरेको, समावेशी विकास मार्फत लोककल्याणकारी कार्यहरु अघी बढाएको, सडक, शिक्षा र स्वास्थ्यको लागि प्रयाप्त कामहरु गरेको र जनताका गुनासाहरु यथाशिघ्र सम्बोधन गरेको कारण यसपटक पुनः आफूलाई स्थानीय धुर्कोटबासीहरुले विजयी गराउनेमा आफू अपेक्षारत रहेको पोखरेल बताउँछन् ।

आफ्नो पहिलो कार्यकालमा सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण कामहरु भएको बताउँदै पोखरेल विचित्र गुफा र धुर्कोट दरबारको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार, कालिकास्थान मन्दिर पुनर्निर्माण, वर्वोटमा निर्मित शहिदपार्क, पदमार्ग निर्माण लगायतका विभिन्न कामहरु आफूहरुबाट सम्पन्न भएको पोखरेलले बताए ।

यसपटकको निर्वाचनमा भूपाल पोखरेल नेकपा (एमाले)सँगको सहकार्यमा गोलाकार भित्रको हँसिया हथौडा चिन्हबाट चुनावी मैदानमा उत्रिएका छन् । पोखरेल नेतृत्वका अन्य उम्मेदवारहरु भने सूर्य चिन्हबाट चुनावी मैदानमा छन् ।

भूपाल पाेखरेलले पुनः उम्मेदवारी दिएकाे खबरसँगै स्थानीय जनताहरु भूपाल नेतृत्वकाे नेकपा एमाले र माआेवादी गठबन्धनलाइ निर्वाचित गराउन निकै उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij