२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

स्थानीयहरुकाे समर्थनले उत्साहित बनाएकाे छः उम्मेदवार थापा

स्थानीयहरुकाे समर्थनले उत्साहित बनाएकाे छः उम्मेदवार थापा

गोकुल थापा, वडा अध्यक्ष पदका उम्मेदवार, कीर्तिपुर नगरपालिका–६ न‌म्बर वडा (चोभार)

नेकपा (एमाले)का गाउँ, टोल एवं नगर कमिटिका विभिन्न भूमिकामा रही राजनीतिमा क्रियाशिल रहँदै आएका व्यक्ति हुन् गोकुल थापा । उनी विभिन्न सामाजिक गतिविधिहरुमा समेत लामो समय देखि क्रियाशिल रहँदै आएका छन् ।

हाल नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका सदस्य रहेका थापाले यसपटक कीर्तिपुर नगरपालिका अन्तरगत वडा नम्बर ६ (चोभार क्षेत्र)बाट स्थानीय तह निर्वाचनमा वडाअध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् ।

आफ्नो पक्षमा चुनावी माहोल स्थापित गर्न दैनिक घरदैलोमा जुटेका थापालाई स्थानीय जनताहरुको व्यापक साथ रहेको घरदैलो एवं चुनावी सभा आयोजना गर्ने क्रममा उपस्थित हुने व्यापक उपस्थितिले समेत प्रष्ट पार्छ ।

वातावरणीय हिसाबले तुलनात्मक रुपमा कम प्रभाव पार्ने पर्यटन, व्यावसायिक कृषि, हस्तकला, डेरी उद्योग एवं सीपमा आधारित घरेलु र साना उद्योगहरुको विकासलाई आफूहरुले प्राथमिकतामा राखेर विकासे गतिविधिहरु सञ्चालन गर्ने थापाको धारणा छ ।

वि.सं २०३६ को आन्दोलनसँगै राजनीति प्रति आस्थावान् रहँदै अघी बढेका थापाले ४ दशक भन्दा बढी समय नेपाली कम्युनिष्ट आन्दोलनमा व्यतित गरेका छन् । कुनै पनि क्षेत्रको विकास एवं सामाजिक अवस्था बुझ्नको लागि हरेक व्यक्तिमा राजनीतिक चेतना आवश्यक रहने थापा बताउँछन् ।

स्थानीय जनताहरुबाझ लामो समय देखि परिचित रहँदै आएका थापा यसपटकको स्थानीय तह निर्वाचनमा आफ्नो क्षेत्रका विभिन्न विकास गतिविधिका एजेण्डा सहित चुनावी मैदानमा होमिएका छन् ।

प्रदूषण रहित उद्योगमा जोड
कीर्तिपुर नगरपालिका यसैपनि काठमाडौं उपत्यका भित्र तुलनात्मक रुपमा प्रदूषणबाट कम प्रभावित नगरपालिका मानिन्छ । कीर्तिपुर नगरपालिका अन्तरगतको वडा नम्बर ६ चोभार क्षेत्रमा प्रदूषणको असर अझ कम छ । यद्यपि आगामी दिनमा पनि चोभार क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाउँदै प्रदूषणकमुक्त हुने गरी आर्थिक उपार्जनका बलिया आधारहरु तयार पार्नुपर्ने आफ्नो चुनौती रहेको थापा स्वीकार्छन् ।

वातावरणीय हिसाबले तुलनात्मक रुपमा कम प्रभाव पार्ने पर्यटन, व्यावसायिक कृषि, हस्तकला, डेरी उद्योग एवं सीपमा आधारित घरेलु र साना उद्योगहरुको विकासलाई आफूहरुले प्राथमिकतामा राखेर विकासे गतिविधिहरु सञ्चालन गर्ने थापाको धारणा छ ।

वडामा रहेका मन्जुश्री पार्क, गुफा, बाग्मती नदी र यसको सभ्यता, जलविनायक, टौदह लगायत थुप्रै मठमन्दिर एवं वनजङ्गल र पानीका स्रोतहरुलाई महत्वपूर्ण आर्थिक उपार्जन र पर्यटकीय आकर्षणका स्रोतका रुपमा उपयोग गर्न सकिने सम्भावना प्रवल छ । ती सम्पदाको स्वरुप नबिग्रने गरी दिगो विकास अवधारणाको आधारमा आफूले विकास गतिविधिहरु सञ्चालन गर्ने थापाको धारणा छ ।

शिक्षा र स्वास्थ्यमा सुधार
आफ्नो वडामा शिक्षा र स्वास्थ्यको अवस्था सुधारको लागि पनि प्रयाप्त पहल गर्ने बताउँछन् थापा । आफ्नो वडामा २ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका र ती विद्यालयहरुको अवस्था कमजोर रहेको स्थितिलाई विचार गर्दै शिक्षालाई गुणस्तरीय एवं प्रतिष्पर्धी बनाउने र स्वास्थ्यको लागि स्थानीयहरुमा कम्तीमा जागरणमूलक गतिविधिहरु नियमित सञ्चालन गर्ने थापाको धारणा छ ।

लामो समय देखि व्यावसायिक रुपमा पानी उद्योग सञ्चालन गर्दै आएका थापा आफ्नो विजय सम्पूर्ण विकासप्रेमी वडाबासीहरुका चाहना सम्बोधनको लागि महत्वपूर्ण सावित हुने बताउँछन् ।

वडा भित्रका सम्भावना
आफ्नो वडामा रहेका मन्जुश्री पार्क, गुफा, बाग्मती नदी र यसको सभ्यता, जलविनायक, टौदह लगायत थुप्रै मठमन्दिर एवं वनजङ्गल र पानीका स्रोतहरुलाई महत्वपूर्ण आर्थिक उपार्जन र पर्यटकीय आकर्षणका स्रोतका रुपमा उपयोग गर्न सकिने सम्भावना प्रवल छ । ती सम्पदाको स्वरुप नबिग्रने गरी दिगो विकास अवधारणाको आधारमा आफूले विकास गतिविधिहरु सञ्चालन गर्ने थापाको धारणा छ ।

सुशासन सहित झण्झटमुक्त सेवाप्रवाहलाई समेत आफूले विशेष महत्व दिने थापा बताउँछन् ।

विजय सुनश्चित
चोभार क्षेत्रको लागि आफू नयाँ व्यक्ति नभएको र स्थानीयहरुको आफूलाई व्यापक साथ रहेको कारण आफ्नो विजय सुनिश्चित रहेको थापा बताउँछन् । यसभन्दा पहिले पनि चोभार क्षेत्रबाट नेकपा (एमाले) नै विजयी हुँदै आएको इतिहासले पनि बताउँछ ।

आफूहरुको संगठन पनि राम्रो रहेको र पूर्वाधार विकास एवं आर्थिक उपार्जनका आकर्षक कार्यक्रमहरुलाई चुनावी एजेण्डा मात्र नबनाई पूरा गर्ने प्रतिबद्धता सहित चुनावी दौडमा उत्रिएको दाबी गर्छन् थापा ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij