काठमाडौं । नेपाली काङ्ग्रेसले कीर्तिपुर नगरपालिकामा चुनाव लक्षित भेटघाट एवं घरदैलो कार्यक्रमलाई तीव्र पारेको छ ।
आज बिहान कीर्तिपुर नगरपालिका वडा नं ३ ढल्पामा नेपाली काङ्ग्रेस समर्थित व्यक्तिहरुको व्यापक उपस्थितिमा घरदैलो कार्यक्रम आयोजना गरेको छ ।
ढल्पाको सुन्दरबस्ती टोलमा भेला भई स्थानीयलाई सम्बोधन गर्ने क्रममा नेपाली काङ्ग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार राजकुमार नकर्मीले कीर्तिपुरबासीका ढल, खानेपानी र सडक लगायतका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै नकर्मीले नगरप्रशासन सुधारको लागि सुशासन लगायतका कार्यक्रमहरु आफ्नो एजेण्डामा रहेको समेत बताउनुभयो । साथै नकर्मीले स्थानीय जनताहरुका सुझाव सल्लाह र अपेक्षाहरुलाई यथाशिघ्र सम्बोधन हुने गरी आफ्नो नेतृत्वले कामकारबाही अघी बढाउने समेत बताउनुभएको छ ।
सोही कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष पदका उम्मेदवार सुविन्द्र महर्जनले कीर्तिपुर नगरपालिका अन्तरगत आफ्नो वडाबाट प्रवाह हुने सेवाहरु छिटोछरितो र झण्झटमुक्त तवरले प्रवाह गरिने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन ३ नम्बर वडाका बासिन्दा एवं नेपाली काङ्ग्रेसका क्रियाशिल व्यक्ति राजन चापागाईंले गर्नुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij