काठमाडौं । ‘जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार’ भन्ने मूल उद्देश्यका साथ ने.क.पा. (एकीकृत समाजवादी) का.म.पा. १५ वडाका अध्यक्ष उम्मेदवार ईश्वरमान डंगोल, वडा सदस्यहरु मैयालक्ष्मी महर्जन, रिता मिजार, अवसरा के.सी. र विजु श्रेष्ठ कलम चिन्ह लिएर का.म.पा. १५ वडाका स्थानीय बासिन्दाहरुको घरदैलो पुगेका छन् ।
का.म.पा. १५ वडा मा रहेको विश्व सम्पदा सूचीमा रहेको महाचैत्य स्वयम्भू स्तुपामा हारती माताको दर्शन र आर्शीवादबाट २०७९ वैशाख ३० गते स्थानीय निर्वाचनमा आफ्नो अत्याधिक मतका लागि प्रचारप्रसार कार्यक्रम शुभारम्भ गरको छ ।
स्वयम्भू स्तुपा, किम्डोल, भगवानपाउ, धिमेल्वह, निपुहिटी, दल्लुतपिंता, विजेश्वरी, चमतीः, भचातगीं, अन्नपूर्ण, जोरोल, ऐराहिटी, र डल्लु आवासको कुमारीस्थानमा घरदैलो भएको छ ।
केही स्थान चःमती, शान्तीनगर, डल्लुआवास, भचातगी र धुम्बाखेलमा कोठा भेलाभई सकेको ने.क.पा. (एकीकृत समाजवादी) का.म.पा. १५ वडाका अध्यक्ष राजा शाक्यले बताउनुभयो ।
का.म.पा. १५ वडाको प्रत्येक टोलटोल, गल्लीगल्ली पुगी कलम चिन्हको प्रचार प्रसार गर्ने र पार्टीबाट प्रकाशित स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ बारे जानकारी गर्ने अध्यक्षले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij