२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नेपालभर तेस्रो, लुम्बिनी प्रदेश प्रथम बनाउन सफल भुपाल पोखरेलप्रति समर्पित !

नेपालभर तेस्रो, लुम्बिनी प्रदेश प्रथम बनाउन सफल भुपाल पोखरेलप्रति समर्पित !

 

एउटा व्यक्ति जन्मिएछौ, धुर्कोटमा भुपाल !
पार्टी सानो भएपनि देखाइ दियौ कमाल !!

योगदान थियो सो पार्टीमा यता पाक्यो काफल !
कति चर्चित बन्यौ तिमी, बुद्धि लगाइ भुपाल !!

जनयुद्ध लड्दाखेरी प्राण हल्केलामा !
विद्रोहीको लगाई ड्रेस राइफल खोकिलामा !

भूमिगतमा सजिलोथ्यो आदेश मान्थे सबै !
लोकतन्त्र त भाडै भयो, थिति छैन कतै !

चौहत्तरमा प्रमुख बन्यौ, काङ्ग्रेस फकाएर !
उनासीमा एमालेको झण्डा फर्फराएर !!

भित्री खेल साना हैनन् सकाउन तिमिलाई !!
काम गर्यानि देख्या थियौं पीर लाइराथ्यो हाम्लाई !

राम्रो काम गर्ने गापा नेपाल भरि तेस्रो !
युवा जोशले भरिएको कुरा गर्छौँ खस्रो !

फेरि आयौ मैदानमा एमालेलाई लिई !
काङ्ग्रेससँगको यात्रालाई तिलाञ्जली दिई !

काङ्‌गेसको दम्भ बढ्यो डर थ्यो एमालेको !
पार्टी फरक परेकाले भन्न गाह्रो भाथ्यो !

एमालेको विचार राम्रो जोश जागर तिम्रो !
फ्युजन भए धुर्कोट बन्छ भन्ने विचार हाम्रो !

सोचे जस्तै भयो भूपाल देखाऊ अब कमाल !
यसपछि त संघतिर धुर्कोटे भाइ भुपाल !

हरेस नरवाऊ, हिम्मत लेऊ, निडर भई आऊ !
अझै धेरै सशक्त भै जनतामाझ जाऊ !

समाऊ हात, खाऊ कसम, बाआमालाई भेटी !
देशकै पहिलो बन्ने गरी लाग एकचोटी !

एउटा व्यक्ति जन्मिएछौ, धुर्कोटमा भुपाल !
पार्टी सानो भएपनि देखाइ दियौ कमाल !!

राजन प्रसाद पाेखरेल, धुर्काेट-४, जैसिथाेक, गुल्मी

हाल काठमाडा‌ैं

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij