काशिनाथ घिमिरेआगामी बैशाख ३०गते स्थानीय निकायको चुनाव हुँदैछ । देशको तिनवटा सरकार अन्तर्गत स्थानीय निकाय एउटा जनतसँग प्रत्यक्ष सम्बन्ध हुने जनताका धेरै कामको लागि आवश्यक पर्ने गर्दछ। त्यसको लागि दक्ष उम्मेद्बारको छनौट हुन आवश्यक छ।हुनत सम्पूर्ण ठाँउमा उपयुक्त र एउटा गतिशील प्रभावशाली व्यक्तित्व र समाजसेवी कुशल जनपक्षीय एउटा सफल व्यक्ति छनौट गर्नु नै आजकोआवश्यकता हो। सफल व्यक्ति छनौट तथा बिजय गराएमा मात्र उक्त व्यक्तिकाे प्रभाव कामगर्ने शैली योजना कार्यावन्यनमात्रै स्थानीय निकायमा बिकास निर्माणले गति लिन सक्छ।देशको सम्पुर्ण ठाउँमा चुनाव तातिरहेको छ विभिन्न पार्टिहरुका उम्मेद्बारहरु दलबल सहित चुनावी गतिबिधिमा जुटिरहेको देखिन्छ । कतै प्रभावशाली गित त कतै भाषणहरु तथा आम सभा सम्मेलन र अन्तरक्रिया जस्ता कार्यहरु चलिरहेका छन्। दल विशेषका अाफ्ना घोषणापत्र तथा योजनाहरु भर्खर जारी गरेका छन् ।कतै उम्मेद्बारका आफ्नै योजनाहरु प्रतिज्ञा पत्रहरु पनि देखिन्छन्। उक्त चुनावमा एउटा दक्ष र कुसल सक्षम प्रभावशाली नेतृत्व आज स्थानिय चुनावले खोजिरहेको छ।जसले समाजमा परिवर्तन गर्न सकोस् विकास निर्माण र रोजगारी निर्माण गर्न सकोस र जनतका आवश्यकता छिटोपुर्ती गर्न सकोस त्यसको लागि दक्ष र सक्षम युवा आजको आवश्यकता देखिन्छ । स्थानीय निकायको चुनाव नजिकिदै गर्दा खास त प्रतिस्पर्धा गठबन्धन र नेकपा एमाले बिच नै देखिन्छ । ५४ सालदेखि नै स्थानीय निकायमा प्रभाव जमाइरहेको एमाले ७४सालको स्थानीय निकायको चुनावमा झनै बलियो पार्टी बनेर आयो। याे जनमाझ निकै लोकप्रिय पार्टिको रुपमा देखिन्छ ।जनताका हरेक समस्या हरुको सहजै र छितोछरितो रुपमा जनसेवा देशैभरी जनप्रतिनिधिहरुले राम्रोसँग सेवा दिएका छ्न । त्यसैको प्रभाव तोड्न अन्य पार्टीलाइ निकै गाह्रो देखिन्छ नेकपा एमालेको देशब्यापी नारा नै सुखी नेपाली समृद्ध नेपाल नै त्यस अन्तर्गत अन्य पार्टीको भन्दा फरक किसिमको विकासी नारा र देशमा कसरी सम्पुर्ण क्षेत्रमा विकास गर्न सकिन्छ भन्नेबारे अर्थशास्त्रका विभिन्न क्षेत्रका विज्ञहरुको विशेष अन्तरक्रिया बाट नै चुनावी मुखपत्रहरु घोषणापत्रमा तयारी गरेको हुँदा प्राय व्यक्तिहरुको सुझाब र उनीहरुबाट नै तयार गरिएको छ । नेपका एमालेको जनमाझमा प्रमुख छाप वृद्धभत्ता आफ्नो गाउँ आफै बनाउ साथै बाटो तथा आधुनिक सडकको विकास, आधुनिक कृषि प्रणाली बीउ मल सिंचाइ तथा कुलोको विकास निर्माण र उधोग धन्दाको विकास पर्यटन रोजगारीको विकास गरि देशमा गरिबीको अन्त्य जस्ता कार्यक्रम विगत देखि नै प्रभावकारी रुपमा जारी रही देशमा चलिरहेका छन् ।देशमा संविधानको निर्माणमा प्रमुख भुमिका खेलेको एमालेले त्यो पश्चात् नेपालीले खेप्नुपरेको भारतीय नाकाबन्दीकाे डटेर प्रतिवाद गरेको थियो । त्यही पश्चात् अघिल्लो सरकारको नेतृत्व पनि एमालेले नै गरेको थियो ।भारत नेपालको असल छिमेकी भएता पनि उसले नेपालको कालापानी लगायत पशि्चम नेपाली भुभाग मिचेको नेपाली भुभागमा केपि वलीको सरकारले डटेर प्रतिबाद गरी नेपालको नयाँ नक्सा जारी गरेको थियो ।जस्को कारण नेपाल र नेपालीको रक्षागर्ने एकमात्र पार्टी र एउटा विकासको लक्ष्य लिएको पाटि भन्ने नेकपा एमाले नै हो ।जसले जहिलेपनी नेपाली जनताको पक्षमा राष्ट्रियताको पक्षमा आफ्नो जनपक्षीय कामहरु अगाडि बढाएको हुन्छ र छ । देशर राष्ट्रियताको पक्षमा नेपाली जनताको चाहना अनुसार आफ्नो विकासी नारा लिएको पार्टी नेकपा एमालेका कामहरु अघिल्लो सरकारका पालामा धेरै भएका छन् ।भुकम्पले भत्काएका विभिन्न भौतिक सरचनाहरु मन्दिर स्कुल कलेजहरु जनताका घरहरु विभिन्न महत्त्वपूर्ण पार्टी पौवाहरु लगायत लाखौंको संख्यामा घरहरु र खास त काठमाडौको प्रतीक धरहरा रानीपोखरी लगायत लगभग सम्पुर्ण पुननिर्माण भएको छ ।देशमा उधोग धन्दाको विकास रोजगारीको व्यवस्था नयाँ आधुनिक कृषि प्रणाली उन्नत बीउ मल तथा औजार नयाँ तथा आधुनिक कृषि प्रणाली नगदेबाली हरुको विकास यो पालामा भएको छ ।नयाँ आधुनिक शिक्षा प्रणाली सिपमुलक तालिमहरु र विस्वव्यापी रुपमा फैलिएको कोरोना नामक प्राण घातक भाइरसको सामना र नेपाली जनताको जीवन रक्षा गर्न भ्यान्टिलेटरको व्यवस्था र आइसियुको व्यवस्था विभिन्न स्वास्थ्य सामाग्री लगायत त्यसको विरुद्ध सुइको व्यवस्था पनि यो केपि वली नेतृत्वको सरकारको पालामा भएका छन् दशरथ रंगशाला र पोखरा रंगशाला निर्माण भएका छन् । लगायत देशका सबै प्रदेशहरुमा रंगशाला निर्माण गर्ने लक्ष्य यो सरकारले राखेको थियो र लुम्बिनी र पोखरा बिमानस्थलको काम अन्तर्गत लुम्बिनी बिमानस्थल संचालन रहेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा छ ।साथै देशमा पर्यटन बढाउन विभिन्न ठाउँमा बाटोको विकास बिमानस्थलको पुननिर्माणहरु र विभिन्न पर्यटकीय ठाउँको विकास र चिनारी जडिबुटीको प्रशाेधन ग्यास र पेट्रोलको अनुसन्धान र उत्खनन र हाइड्रोपावरको निर्माण देखि धेरै काम र जनपक्षीय काम हरु एमाले नेतृत्वको सरकारको पालामा भएको छ ।जसको छाप यो चुनावमा अवश्यपनि पर्नेछ बिगतमा देखिएका एमालेका जनप्रतिनिधि हरुका दक्ष कुसलताका कामको प्रतिफल यो चुनावमा प्रत्यक्ष देखिनेछ। जसले गर्दा नेकपा एमालेको देशमा राम्रो छाप परेको हुँदा पनि गठबन्धन नराम्रोसग पछारिन सक्छ ।एमालेको नारा नै सुखी नेपाली समृद्ध नेपाल भएको हुँदा त्यसै अनुरुप उम्मेद्बार पनि शसक्त जागरुक युवा समाजले मागेको व्यक्ति प्रख्यात र अनुशासित इमान्दार र कुसल नेतृत्व यो चुनावमा जनप्रतिनिधि बनेर हाम्रो घर दैलोमा आउदैछन। ।त्यसैले सक्षम युवालाई यो चुनावमा विजय गराउनुपर्छ ।जसले समाजपरिवर्तन गर्न सक्दछन । समाजको मुहार फेर्न सक्दछन । बाटोघाटो कृषि उन्नत बीउ मल नगदेबाली लगायत जनताका सेवा सुबिधाहरु र रोजगारीको व्यवस्था उधोग धन्दाको बिकास गर्न सक्दछ्न नयाँ जोश र जागरुक युवालाई अवसर दिएमा मात्र देश विकासले फड्को मार्न सक्दछ। त्यसैले नयाँ नारा र बिचार लिएर एउटा सिद्धान्त लिएको पार्टी नेकपा एमाले भएको हुँदै सक्षम युवा र समाजसेवी उम्मेद्बारहरु नेकपा एमालेमा छन् धेरै अनुभबी पनि छन् जसले समाज चिनेकाछन् एउटा छुट्टै चिनारी समाजमा बनाएका छन् जसले गर्दा यो स्थानिय चुनावमा एमालेको जित सुनिश्चित हुनेछ । जसले गर्दा देशमा विकासले फड्को मार्नेछ । बेरोजगार हट्ने छ र नयाँ रोजगारी सिर्जना हुनेछ ।त्यसैले यो चुनावमा सत्यको पक्षमा बिजय हुनेछ सम्पुर्ण बुबा आमा दाजुभाइ दिदिबहिनीहरुले विकासशील पार्टी रोज्नुहुनेछ । जतिपनी देशमा एमालेबाट उम्मेद्बारी दिनुभएको छ सबैको जित सुनिश्चित होस तपाई हरुको लक्ष्य पुराहोस । सम्पुर्णमा शुभकामना । काशिराम घिमिरे पाणिनी -४पटौटी अर्घाखाँची ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij