२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

समृद्ध कीर्तिपुर निर्माण नै मेरो मुख्य एजेण्डाः बज्राचार्य

समृद्ध कीर्तिपुर निर्माण नै मेरो मुख्य एजेण्डाः बज्राचार्य

केश रत्न बज्राचार्य, नेकपा (एमाले)बाट नगरप्रमुख पदका उम्मेदवार, कीर्तिपुर नगरपालिका

यसपटकको स्थानीयत तह निर्वाचनमा कीर्तिपुर नगर क्षेत्रमा नेकपा (एमाले)को पक्षमा जनमत निकै राम्रो देखिएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को मुख्य नारा सहित अघी बढिरहेको एमालेको विजयले कीर्तिपुरबासीको अवस्था सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । यसपटकको निर्वाचनमा एमालेको पक्षबाट नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका केशरत्न बज्राचार्यले स्थानीय जनताहरुको आर्थिक सुधार एवं दिगो विकासको लागि महत्वपूर्ण योजनाहरु पस्किनुभएको छ

मुलुकको दिगो विकास सहितको समावेशी समाजवादलाई मुख्य एजेण्डा बनाइरहेको नेकपा (एमाले)ले कीर्तिपुरमा समेत समृद्धिको एजेण्डा सहित आफ्ना चुनावी गतिविधिहरु अघी बढाइरहेको बज्राचार्य बताउनुहुन्छ ।

समृद्ध कीर्तिपुर निर्माणको मुख्य एजेण्डा सहित कीर्तिपुरमा नेकपा (एमाले)लाई विजयी गराउन मेयर पदका उम्मेदवार बज्राचार्य यतिबेला कीर्तिपुर नगरपालिका अन्तरगत विभिन्न टोलहरुमा घरदैलो अभियानमा क्रियाशिल हुनुहुन्छ । आफ्नो नेतृत्वमा रहेको नेकपा (एमाले)लाई कीर्तिपुरमा विजयी गराएको खण्डमा स्थानीय जनताहरुले विकास र समृद्धिको पक्षमा परिवर्तनको महसुस गर्न सक्ने बताउने बज्राचार्यले कीर्तिपुरमा शिक्षा, स्वास्थ्य, उद्योग स्थापना एवं रोजगारी सृजना, खेलकुद र मनोरञ्जन लगायत पक्षहरुमा व्यापक सुधारको योजना बनाउनुभएको छ । बज्राचार्य आफ्नो नेतृत्वको नगरप्रशासनले जनताहरुलाई सेवा प्रवाह गर्ने क्रममा बिना झण्झट आवश्यक तत्काल सहज रुपमा सेवा पाउन सक्ने स्थिति सृजना गर्ने समेत बताउनुहुन्छ ।

आफूहरु दिगो विकास योजना सहित निरन्तर रुपमा मुलुकको समृद्धिको पक्षमा लहर ल्याउने उद्देश्यबाट प्रेरित भएको बताउने बज्राचार्य आफूहरु समग्र कीर्तिपुरबासी जनताको मत मार्फत विजयी हुन सकेको खण्डमा नेपाली जनताहरुको सपना बनेको सुशासन सहितको समृद्धि ल्याउन सक्षम हुने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । साथै क्षमतावान् युवाहरु नेतृत्वमा आउनुपर्छ भन्ने मान्यताले नै यसपटक आफूले नगरप्रमुख पदमा उम्मेदवारी दिएको समेत बज्राचार्य बताउनुहुन्छ

नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका बज्राचार्यसँगको कुराकानीमा रही हामीले यो सामाग्री तयार पारेका छौं ।

कीर्तिपुरमा एमालेको अवस्था
कीर्तिपुर नगरपालिकामा नेकपा (एमाले)को अवस्था बलियो छ । लामो समय देखि कीर्तिपुरमा एमाले विजयी हुँदै आएको छ । साथै यसपटक पनि कीर्तिपुर नगरपालिकामा गठबन्धन बनाएका अन्य राजनीतिक दलहरुको उपस्थिति कमजोर रहेको र अघिल्लो पटकको निर्वाचन मार्फत विजयी भएको एमालेले जनताका पक्षमा अघी सारेका विभिन्न गतिविधि एवं मेरो आफ्नो सामाजिक योगदान, प्रतिष्ठा र आगामी एजेण्डा नै हाम्रो विजयका आधारहरु हुनेछन् । यसैपनि विगत देखि नै कीर्तिपुर बामपन्थी विचारधाराका व्यक्तिहरु बस्ने स्थानको रुपमा रहँदै आएको छ । उच्च शिक्षा अध्ययनको अलावा लामो समय देखि कीर्तिपुर राजनीतिक दलहरुको सङ्गठन निर्माणको स्थानको रुपमा समेत रहँदै आएको छ ।

एमालेबाट सम्भव हुनेछ समृद्धिको सपना
नेकपा (एमाले)लाई विजयी गराउनुपर्ने थुप्रै कारणहरु छन् । समृद्धिको सपना साकार पार्नको लागि नेकपा (एमाले)को नेतृत्वमा केन्द्र देखि स्थानीय तह सम्म थुप्रै महत्वपूर्ण कामहरु अघी बढेका छन् । मनमोहन अधिकारीको पालामा ल्याइएको ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रम अन्तरगत १ सय रुपियाँबाट शुरु गरिएको सामाजिक सुरक्षा अन्तरगतको वृद्ध भत्ता अहिले मासिक ४ हजार रुपियाँ पुगेको छ । यो कार्यक्रमले हरेक परिवारका वृद्धवृद्धाहरुलाई एमाले प्रति प्रतिवद्ध बनाएको छ । नेकपा (एमाले)को नेतृत्व गर्नुभएका केपी शर्मा ओलीले भूकम्प पश्चात् पुननिर्माणमा नयाँ युगको शुरुवात गर्नुभयो । उहाँले नाकाबन्दीको समयमा पनि जुन किसिमले डटेर सामना गर्नुभयो । त्यो कुरा जनताहरुले बिर्सिएका छैनन् । छिमेकी मुलुकहरुसँगको सम्बन्धमा नयाँ उचाई कायम गर्ने देखि पाइपलाइनबाट पेट्रोलियम पदार्थको ढुवानी सम्म, भूपरिवेष्ठित राष्ट्रले पानीजहाज माथि अधिकार स्थापित गर्ने सम्म र नेपालमा रेलको सम्भावना र आवश्यकता पुष्टि गर्न सम्म साथै संस्कृतिको जगेर्ना लगायत जुन कामहरु अघी बढाइएको छ, ती सबै कार्यक्रमलाई योजना मार्फत कार्यान्वयन गर्न नेकपा (एमाले)ले यसपटकको स्थानीय तह निर्वाचनमा विजयी हुनु आवश्यक छ । एमालेले अघी सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानले यी सबै कार्यक्रमहरुलाई सम्बोधन गर्ने गरी साधारण जनताको अवस्थालाई माथि उठाउनमा विशेष जोड दिन्छ ।

इतिहास जोडिएको कीर्तिपुर र यहाँको सम्भावना
कीर्तिपुर शहर आफैंमा पुरातात्विक शहरको रुपमा परिचित छ । यहाँको इतिहास हरेक नेपालीले विद्यालय तहको शिक्षामा अनिवार्य पढेको हुन्छ । नेपालको पहिलो त्रिभुवन विश्वविद्यालय यसै नगरपालिकामा पर्ने गर्छ । यहाँको कला संस्कृति सबै नेपालीहरुको लागि गौरवको विषय बन्ने गर्छ । यहाँका हरेक घरका महिलाहरुमा कुनै न कुनै मौलिक सीप र कलामा निपूर्ण छन् । यद्यपि यहाँको मौलिक कला, संस्कृतिको संरक्षण कार्य अहिले जटिल बन्दै गएको छ । हरेक महिलाहरुसँग रहेको सीप र कलालाई संरक्षण र प्रवद्र्धन गर्दै सीपमा आधारित विभिन्न मौलिक वस्तुहरु उत्पादन गरेर स्वरोजगार र उद्यमशिलता विकास गर्न सकिने राम्रो सम्भावना छ । साथै हाम्रा ऐतिहासिक पहिचानका वस्तु एवं सम्पदालाई पर्यटकीय गञ्तव्यको रुपमा विकास गरी राम्रो आर्थिक लाभ लिन सकिने सम्भावना समेत छ ।

नेपाल सरकारल शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हक अन्तरगत स्थान दिएको छ । यद्यपि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाहरुमा अझै पनि सबै नेपालीको सहज पहुँच पुग्न सकेको छैन । शिक्षामा सबैको समान पहुँच स्थापना गर्नको लागि स्थानीय सरकारले सामुदायिक विद्यालयहरुमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ । सामुदायिक विद्यालयको स्तरोन्नति पहिलो सर्त बनेको छ । विद्यालयका भौतिक पूर्वाधारहरुमा आवश्यकता बमोजिम विकास गर्दै सामुदायिक विद्यालयलाई प्रतिष्पर्धी बनाउँदै लैजानुपर्ने आवश्यकता छ । त्यो काम पूरा गर्नको लागि हाम्रो ५ बर्षे नेतृत्व अवश्य सफल हुनेछ ।

कीर्तिपुरमा समृद्धि ल्याउन मेरो नेतृत्व तत्पर हुनेछ
अहिले हामी समृद्ध नेपाल सँगै समृद्ध कीर्तिपुर निर्माणको अभियानमा छौं । समृद्ध नेपाल अभियान त्यतिबेला साकार हुन सक्छ, जब सबै स्थानीय तहहरु समृद्ध बन्न सक्छन् । समृद्ध कीर्तिपुर अन्तरगत हामीले मूलतः स्वस्थ कीर्तिपुर निर्माणमा बढी जोड दिनेछौं । त्यसको अलावा शिक्षा, स्वास्थ्य, रोजगारी, ऐतिहासिक पहिचानको संरक्षण लगायत विभिन्न दृष्य अदृष्य पक्षहरुलाई नै हामीले यहाँको समृद्धिको आधार बनाउनेछौं । ऐतिहासिक, पुरातात्विक, धार्मिक शहरको रुपमा कीर्तिपुरको पहिचान स्थापित गर्न मेरो नेतृत्व अवश्य सफल हुनेछ । अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा पनि नेकपा (एमाले)ले पनि समृद्ध कीर्तिपुर निर्माणको लागि विभिन्न महत्वपूर्ण कार्यक्रमहरु अघी बढाएको छ । यद्यपि अघिल्लो नेतृत्वले अघी बढाएका सबै कार्यक्रमहरु अझै पनि पूरा हुन सकेका छैनन् । ती पूरा हुन नसकेका कार्यक्रमहरुलाई सफल र सार्थक बनाउनको लागि यसपटक पुनः एमालेको नेतृत्वलाई मतदानमार्फत विजयी बनाउनुहुनेमा म पूर्ण आशावादी छु ।

कीर्तिपुरको समृद्धिका लागि मैले खेल्ने भूमिका
नेपाल सरकारल शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हक अन्तरगत स्थान दिएको छ । यद्यपि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाहरुमा अझै पनि सबै नेपालीको सहज पहुँच पुग्न सकेको छैन । शिक्षामा सबैको समान पहुँच स्थापना गर्नको लागि स्थानीय सरकारले सामुदायिक विद्यालयहरुमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ । सामुदायिक विद्यालयको स्तरोन्नति पहिलो सर्त बनेको छ । विद्यालयका भौतिक पूर्वाधारहरुमा आवश्यकता बमोजिम विकास गर्दै सामुदायिक विद्यालयलाई प्रतिष्पर्धी बनाउँदै लैजानुपर्ने आवश्यकता छ । त्यो काम पूरा गर्नको लागि हाम्रो ५ बर्षे नेतृत्व अवश्य सफल हुनेछ । हामी कीर्तिपुरबासीको लागि गौरवको कुरा भनेको यहाँको विश्वविद्यालय पनि हो । यद्यपि वि.सं २०१३ मा त्रिवि स्थापना भएदेखि कीर्तिपुरले जुन लाभ लिनुपर्ने थियो, त्यो लिन सकेको अवस्था छैन । विश्वविद्यालय प्रशासन र स्थानीयहरु बीच रहँदै आएको चिसोपना अझै समाधान हुन सकेको छैन । उक्त समस्याको उचित व्यवस्थापन गर्ने कार्यलाई हामीले हाम्रो प्राथमिकतातामा नै राख्नेछौं । जसबाट त्रिभुवन विश्वविद्यालयलाई समेत कीर्तिपुरबासीको आफ्नो गौरवको विषयको रुपमा अङ्गिकार गर्न सकुन् ।

खेलकुद र मनोरञ्जको विकासमा जोड
व्यक्तिको सर्वाङ्गिण व्यक्तित्व विकासमा खेलकुद र मनोरञ्जनको भूमिका पनि महत्वपूर्ण हुने गर्छ । अहिले सम्म खेलकुदलाई शोखको रुपमा मात्र हेरिँदै आइएको छ । जसले गर्दा खेलकुदबाट नै आफ्नो जीविकोपार्जन गर्ने स्थिति सृजना हुन सकेको छैन । आफ्नो शोख रहेको क्षेत्रलाई नै व्यावसायिक बनाउनसके परिणाम पनि तुलनात्मक रुपमा राम्रो प्राप्त हुन सक्छ । साथै स्वास्थ्यको लागि समेत खेलकुद अत्यन्तै महत्वपूर्ण रहने गर्छ । सोही कुरालाई मैले राम्रोसँग बुझेको छु । यसकारण कीर्तिपुुर क्षेत्रमा खेलकुदजन्य गतिविधिहरुमार्फत स्वस्थ समाज निर्माणमा हाम्रो नेतृत्वले महत्वपूर्ण कामहरु गर्नेछ ।

भौतिक विकास मात्र समृद्धिको आधार होइन
अहिले हरेक सचेत नेपाली विकसित नेपाल देख्न चाहन्छ । त्यो विकास कस्तो स्वरुपको हुने भन्नेमा भने अन्यौलता देखिन्छ । हामीले सुशासन सहितको समृद्धि चाहेका छौं । भौतिक विकासको अलावा वैयक्तिक विकासमा पनि सुधार चाहेका छौं । विकासको मापन अब गुणस्तरीय तवरले गर्नु जरुरी हुन्छ । यसको लागि भौतिक पूर्वाधारमा मात्र नभई सामाजिक परिवेश, राजनीतिक चेतना, शिक्षाको स्तर, जनशक्तिको प्राविधिक ज्ञान सीप र योग्यता, स्वास्थ्यको स्थिति, पोषण, खेलकुद र मनोरञ्जन लगायतका सामाजिक पक्षहरुलाई पनि अब विकासको गुणस्तर मापनको लागि सँगसँगै अघी बढाउनुपर्ने हुन्छ । नेपाली जनताहरुलाई यी कुराहरुमा पनि सुसुचित गर्नु जरुरी छ ।

खानेपानीको समाधान
हामीले कम्तीमा कीर्तिपुरका लागि खानेपानीको उपयुक्त व्यवस्थापन गर्नेछौं । अहिले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी कीर्तिपुरमा पनि आएको छ । यसको अलावा यहाँका पुराना पानीका मुहानहरु छन् । स्थानीय मुहानहरुलाई संरक्षण र उपयोग गर्न उचित व्यवस्थापन गर्ने लगायतका कार्यक्रमहरु हाम्रो प्राथमिकतामा रहनेछन् । यहाँका स्रोतहरुलाई सही तवरले व्यवस्थापन गर्न सकेको खण्डमा हामीले सहज रुपमा कीर्तिपुरबासीलाई पानी उपलब्ध गराउन सक्छौं ।

कीर्तिपुरमा औद्योगिक वातावरण निर्माण
अहिले सम्म कीर्तिपुरमा ठूला उद्योगहरु स्थापना हुन सकेका छैनन् । म आफैं पनि उद्योगी हुँ । लामो समय देखि म हस्तकला व्यवसायमा संलग्न छु । कीर्तिपुरमा सानो लगानीका उद्योगहरु फस्टाउन सक्ने राम्रो सम्भावना छ । सोही कुरालाई लक्षित गरी हामीले कीर्तिपुरमा नै मिनी औद्योगिक क्षेत्र निर्माण गर्ने कार्य पनि मेरो महत्वपूर्ण योजनामा रहनेछ । मुलुकको समृद्धिको लागि उद्योग स्थापना अपरिहार्य सर्त हुने गर्छ । यसलाई सार्थक बनाउन उद्यम गर्न चाहने युवाहरुलाई सबैभन्दा पहिले उनीहरुको चाहना बमोजिमको तालिम प्रदान गर्ने र उनीहरुलाई आवश्यकता बमोजिमको विभिन्न सुविधाहरु दिएर काममा लाग्ने वातावरण निर्माण गर्नुपर्ने जरुरी रहन्छ ।

उत्पादित वस्तुको बजार व्यवस्थापन
स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुलाई बजारीकरण गर्ने कार्यमा नगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्न हामीले आवश्यक संयन्त्र विकास गर्नेछौं । यसको लागि हामीले आवश्यक नीति तय गर्नेछौं ।

जुत्ता उद्योग एवं हस्तकलाको राम्रो सम्भावना
कीर्तिपुरमा छाला जुत्ता उद्योगहरु फस्टाउन सक्ने राम्रो राम्रो सम्भावना मैले देखेको छु । जुत्ता उद्योग स्थापनाको लागि नगरपालिकाले त्यस सम्बन्धी सीप भएका युवाहरुलाई आकर्षित गर्न सकेको खण्डमा तुलनात्मक रुपमा कम लागतमा गुणस्तरीय जुत्ता कीर्तिपुरमा नै उत्पादन गर्न सकिन्छ । सीपमा आधारित साना र घरेलु हस्तकला उद्योगहरु समेत कीर्तिपुरमा स्थापित गर्न सकिने ठूलो सम्भावना छ । यसको लागि हामीले नगरपालिका मार्फत आवश्यक सहजीकरण गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij