२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

मजदुरका हकहित नारामै सिमित, कहिले हाेलान् त पूरा ?

मजदुरका हकहित नारामै सिमित, कहिले हाेलान् त पूरा ?

मे एक अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस बैशाख १८गते आउँदैछ। यसको भब्य रुपले मनाइदै छ ।विभिन्न पार्टीका नेताले भासण स्वरुप केही आश्वासन पनि दिने गर्दछ्न तर संगठन को राजनिती गर्ने नेता हुँदै हरेक पार्टिको नेतृत्वमा पुगे सभासद भए मन्त्री भए तर आफू हुँदाको त्यो मजदुर बर्गको पीडा र बेदना हरु समस्या हरु हकहित र उक्त ठाउँमा गर्नुपर्ने सुधारका काम त कमजोरी पक्ष बारे किन सम्बोधन गर्न सकिराखेका छैनन ।हरेक पार्टीका आफ्ना मजदुर संगठन पनि छ्न ।ती पार्टीका संगठनलेयहाँ आफ्ना राजनितिक नारा उद्योग मित्र पार्न सफल हुनेकी वास्तविक मजदुरको पीडा लाई सम्बोधन गर्ने साच्चिकै ब्यबस्थित रुपमा मजदुरका नारा किन उठाउन सकिराखेका छैनन त किन सधैं मजदुर बर्ग हरु सोसित र पिडित छ्न ।बास्तबिक मजदुरको अन्तर्राष्ट्रिय मान्यता अनुरुप आठ घन्टा काम आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम हुने गर्दछ तर हाम्रो देशमा त्यो वास्तविक किन हुन सकिरहेको छैन ।के अहिलेको तलवले मजदुर बर्ग बाच्न सक्दछ्न त ?उनिहरुको पारिबारिक जीवन लाउन खान र बच्चाबच्चीलाई पालन पोसण साथै उचित शिक्षा दिन आफ्नो सम्पुर्ण जीवन चलाउन सक्छ त ?
यो वास्तविक मजदुर बर्गको कुरा किन सम्बोधन हुन सक्दैन ? मजदुर हरु जीवन भर कम्पनीमा काम गर्ने र साहुहरुको स्थर सधैं माथी तर पीडित मजदुरको स्थर कहिल्लै सुधारिदैन ।अघिल्लो सरकारले ल्याएको सामाजिक सुरक्षा कोशले केही राम्रो गरेता पनिअन्य समस्या हरुभनेधेरै छ्न ।अधिकार नारमा मात्रै सिमित भएर पुग्दैन व्यबहारमा लागुहुनुपर्छ। साहुहरुको स्थर माथी माथी जाँदा भने श्रमिक हरुको स्थरकिन सधैं तलछत किन सुदृढ हुनसकिराखेको देखिदैन ।श्रमिक बर्गले आफ्नो कामबाट जीवन निर्वाह गर्नसक्ने बाताबरण कहिले आउँछ।रोजगारिको ग्यारेन्टी र उचित सिपमुलक तालिमको ब्यबस्था हुनुपर्छ ।

गाँसबास कपासमै समस्या:
वास्तविक मजदुरलाई ऐलेको तलवले नै पुग्दैन हरेक दैनिकी उपभोग्य बस्तु महङ्गो छ ।जसले गर्दा खान लाउन र परिवार पाल्न नै गारो छ र अर्कोतिर बालबच्चालाई शिक्षा दीक्षा कसरी पुर्याउनु ।यो सम्बोधन सरकारी तवर र संघसंगठनमा किन हुँदैन ।

काममै शाेषित:
वास्तविक मजदुरबर्गको काम खास त आठ घन्टाहो तर यो सबैठाउँ लागुहुँदैन कहि ठाउँ यो भन्दा धेरै पनि काम गरिरहेका छ्न जसको आधारमा काममा लगाएबापत उचित तलवको ब्यबस्था हुनुपर्छ तर त्यो देखिदैन ।जसको अनुगमन हुनुपर्छ

स्वास्थ्य तथा जीवनबिमा
मजदुर बर्गलाइ काममा लगाएबापत उचित स्वास्थको ग्यारेन्टी र त्यसको लागि जीवन बिमा पनि हुनुपर्छ र मजदुर जुनसुकै समयमा अकस्मात दुर्घटनामा पर्न सक्छ त्यो बेला कम्पनीले पुर्ण रूपमा उपचारको ब्यबस्था गर्नुपर्छ यो अबस्य लागू गर्नुपर्

प्रोत्साहनको कमी :
कम्पनिका मजदुर बर्गलाइ काम गरेबापत प्रोत्साहन भत्तादिनुपर्छ
पुरस्कार र बोनसको ब्यबस्था गर्नुपर्छ। र मजदुर बर्गले काम गरेबापत उक्त कम्पनीको केही हिस्सा सेयर दिनुपर्छ तर त्यो देखिदैन ।

अनावश्यक राजनिती:
कम्पनीमा हुने अनावश्यक राजनिती संगठन हटाउनुपर्छ धेरै राजनिती गर्नाले काममा अवरुद्ध हुने र बास्तबिक मजदुरका हकहितका माग पूरा हुदैन त्यसैले आधिकारिक एउटा संगठ्न हुने र सरकारी अनुगमन हुनुपर्छ ।

त्यसैले अब मजदुर बर्गका नारा नारामै मात्रै सिमित भएर पुग्दैन उनिहरुका वास्तविक मुद्दाहरूको सम्बोधन हुनुपर्छ ।काम गरेपछी त्यहीँ काम बाट बाच्नसक्ने बाताबरण बनाउनुपर्छ ।उचित तलव सेवा सुबिधा हरु प्रोत्साहन भत्ताबोनस मनोरञ्जन स्वास्थ्य उपचार हुनुपर्छ।मजदुर बर्गको सम्मान ,हकहितहरु सबैको सुनिश्चित हुनुपर्छ।उनिहरुका दुख पिडाहरुको सम्बोधन हुनुपर्छ ।दक्षजनसक्ती निर्माण गर्नु उचित तालिमको ब्यबस्था हुनुपर्छ।यो आधुनिक युगमा पुरानैसैलिको यन्त्र उपकरणले काम नगर्न सक्छ ।आधुनिक र अत्याधुनिक मेशिन उपकरणको आबस्यक पर्दछ ।शुखि नेपाली सम्बृद्ध नेपाल नारात ठिक तर व्यवहार लागुहुनु पर्छ ।मजदुरबर्ग ले आफ्नो कामबाट नै सन्तुष्ट छैनन भने यो नाराले मात्रै पुग्दैन वास्तविक मजदुरका समस्या के हुन पहिचान गरि त्यसको समाधान हुनुपर्छ ।श्रमिक बर्गहरु खुशी र शुखी नहुन्जेल र उनिहरुका अधिकार् प्राप्त नहुन्जेल सम्म देशले फडको मार्न सक्दैन । जवसम्म श्रमिक बर्ग सुखी र खुशी हुँदैन तवसम्म उनिहरुको स्थर सुदृढहुदैन र देशले काचुली फेर्न सक्दैन ।

बास्तबिक श्रमिकका हक हितको लागि आधिकारिक संघसंगठन र सरकारी तवरबाट नै उचित कानुन र त्यसको परिचालन र व्यबहारमा लागुहुनुपर्छ। मजदुर बर्गको सधैं सम्मान गरौँ उनिहरुकोकामको सम्मान गरौँ ।उनीहरुलाई काममा प्रोत्साहन गरौ हौसला बढाऔ। बेलाबेलामा उचित पुरस्कारको ब्यबस्था गरौ ।नारा आजको लागिमात्रै सिमित नराखी बर्सभरी नै लागुगरौ एकदिनको मीठो र मजदुर बर्गलाई उस्काउने भासणले केही गर्दैन व्यबहारमा लागुगरौ। मजदुरबर्गको सिपर कामसाथै योगदानले साहुहरु माथिगएका हुन भन्ने कहिल्यै नभुलौ ।सधैं उनिहरुका हक हित र अधिकारको बारेमा लागिपरौ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको सम्पुर्ण मजदुर बर्गमा हार्दिक शुभकामना ।हजुरहरु सबैको अधिकार सुनिश्चित होस र स्थर फेरियोस ।

काशीराम घिमिरे
अर्घाखाँची

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij