२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सुशासन र जवाफदेहिता सहितको समृद्धि नै हाम्रो मुख्य एजेण्डा हुनेछः गौतम

सुशासन र जवाफदेहिता सहितको समृद्धि नै हाम्रो मुख्य एजेण्डा हुनेछः गौतम

नन्दनहरि गौतम, नगरप्रमुख पदका उम्मेदवार, नेकपा (एमाले), नागार्जुन नगरपालिका

लामो समय नेकपा (एमाले) अन्तरगत विभिन्न महत्वपूर्ण जिम्मेवारीहरुमा रही पार्टी राजनीति र सामाजिक गतिविधिमार्फत खारिएका व्यक्ति हुनुहुन्छ नन्दनहरि गौतम । यसपटकको स्थानीय तह निर्वाचनमा गौतमले नेकपा (एमाले)को तर्फबाट नागार्जुन नगरपालिकामा नगरप्रमुख (मेयर) पदमा उम्मेदवारी दिनुभएको छ ।

राजनीतिक यात्रा
विद्यार्थी काल देखि नै राजनीतिमा सक्रिय रहँदै अघी बढ्नुभएका व्यक्ति हुनुहुन्छ नन्दनहरि गौतम । ऊहाँले विद्यार्थी राजनीति, ट्रेड युनियन, वडा अध्यक्ष लगायत विभिन्न सामाजिक र राजनीतिक गतिविधि मार्फत महत्वपूर्ण अनुभव हासिल गर्नुभएको छ । वि.सं २०४१ देखि राजनीतिमा समर्पित रहँदै अघी बढ्ने क्रममा विभिन्न उतारचढावहरुलाई ऊहाँले नजिकबाट महसुस गर्नुभएको छ । २०४३ मा जनपक्षीय उम्मेदवार पद्मरत्न तुलाधरलाई तत्काल मालेबाट विजयी गराउन देखि २०४६ को प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल पार्न सम्ममा उहाँको योगदान महत्वपूर्ण रह्यो । वि.सं २०५४ मा होटल सोल्टीमा जागिरको क्रममा ट्रेड युनियनमा निर्वाचित अध्यक्षको रुपमा जिम्मेवारी प्राप्त गर्नुभएका गौतमले स्युचाटार गाविस वडा नं ८ मा वडाअध्यक्षको रुपमा समेत ५ बर्षे कार्यकाल स्वच्छ छवि सहित पूरा गर्नुभयो । २०५७ मा ट्रेड युनियनको तालिमको क्रममा श्रृलङ्का भ्रमणको अवसर गौतमलाई प्राप्त भयो । २०५९ मा दोस्रोपटक ट्रेड युनियन अध्यक्षको रुपमा ऊहाँले जिम्मेवारी पाउनुभयो । २०६० मा सोल्टी होटलको जागिरबाट उहाँले अवकाश लिनुभयो । त्यसपछि अझ सशक्त रुपमा ऊहाँ राजनीतिमा क्रियाशिल हुँदै आउनुभएको छ ।

करिब ८ महिनाको जापान बसाईं पछि पुन काठमाडौं फर्कनुभएका गौतमले विकास र समृद्धिका अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत नजिकबाट अध्ययन गर्नुभएको छ । २०६२–६३को जनआन्दोलनको नेतृत्व गर्ने क्रममा सशक्त नेतृत्व गर्नुभएका गौतमले २०६७ मा निर्वाचन क्षेत्र समन्वय कमिटी सदस्य र २०६८ मा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य लगायतका भूमिका समेत निर्वाह गरिसक्नुभएको छ । एमाले र माओवादी एक भई नेकपा बनेको समयमा नेकपाको तर्फबाट नागार्जुन नगर कमिटीको ऊहाँले नेतृत्व गर्नुभयो । पाटी अलग्गिएपछि उहाँ नेकपा (एमाले) नागार्जुन अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

नगरप्रमुख पदमा उम्मेदवारी दिनुको औचित्यता र उहाँका आफ्ना आगामी योजना सम्बन्धमा गौतमसँग रही गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं ।

नागार्जुन नगरपालिकामा नेकपा (एमाले)को समग्र अवस्था कस्तो छ ?
नागार्जुन नगरपालिकामा नेकपा (एमाले)को अवस्था अत्यन्तै राम्रो छ । यसपटक एमालेको पक्षमा राम्रो जनलहर समेत सृजना भएको छ । अघिल्लो कार्यकालको मुख्य नेतृत्वले स्थानीय जनताहरुलाई सहज रुपमा सेवाप्रवाह गर्न नसकेको, सुशासन अवस्था कमजोर रहेको र विधिको शासनलाई अवलम्बन गर्न नसकेको कारण स्थानीय जनताहरु रुष्ट छन् । चन्द्रागिरी नगरपालिकामा सुशासन कायम हुन नसकेको र संस्थागत खर्चहरु पारदर्शी नभएको महालेखा परीक्षक कार्यालयमा ठूलो परिमाणमा बेरुजु बाँकी रहनुले समेत प्रष्ट देखाएको छ ।

यसपटक यही कारण स्थानीय जनताहरु पनि खुलेर नेकपा (एमाले)को पक्षमा माहोल सृजना गर्नुभएको छ । साथै यसपटकको मुख्य चुनावी एजेण्डाको रुपमा हामीले सुशासन सहितको समृद्धिलाई नै अघी सारेका छौं । साथै निर्वाचनमा विजय हासिल गर्न हामीले विभिन्न कमिटीहरु निर्माण गरी निर्वाचनलाई लक्षित गरेर ठूलो मात्रामा जनपरिचालन समेत गरेका छौं । यस स्थितिलाई विचार गर्दा नेकपा (एमाले)को जित सुनिश्चित जस्तै छ । यद्यपि यहाँ पनि हाम्रो विरुद्धमा गठबन्धन बनेको छ । यसपटक एमाले विरुद्धको गठबन्धन स्वार्थबाट निर्देशित छ । स्थानीय तहमा गरिएको गठबन्धन पराजित मानसिकताबाट प्रेरित छ । वास्तवमा राजनीतिक दलहरु आफ्ना एजेण्डा स्थापित गर्नको लागि स्थापित हुनुपर्ने हो । तर अहिलेको गठबन्धनको स्थितिले त्यो देखाउँदैन ।

अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)को अवस्था कस्तो थियो ?

अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)को उपस्थिति राम्रो थियो । मतको हिसाबले नेपाली काङ्ग्रेसले नगरप्रमुख पदमा विजय हासिल गरेपनि अन्तर २ सय ३५ को न्यून अन्तर थियो । यद्यपि उपप्रमुख लगायत विभिन्न वडाहरुमा एमालेले राम्रै विजय हासिल गरेको थियो ।

यसपटक नेकपा (एमाले)ले यस नगरपालिकामा जित्ने आधारहरु के छन् त ?
एमालेको पक्षमा बनेको जनलहर, सुशासन र समृद्धि सहितको पार्टीको केन्द्रीय नीति, स्थानीय जनताहरुसँग परिचित खारिएको नेतृत्व, अघिल्लो नेतृत्वसँग रुष्ट जनता र हाम्रा एजेण्डाहरु नै यसपटकका हाम्रा जितका आधारहरु हुनेछन् । सिङ्गो नेकपाबाट एमाले र माओवादी अलग भएलगत्तै हामीले कात्तिक ९ गते भित्र नै नगर क्षेत्रमा एमालेको अलग्गै सञ्जाल तयार पारी विभिन्न कमिटीहरु गठन गरिसकेका थियौं । अहिले पार्टीले नगर अधिवेशन सम्पन्न गरिसकेको छ । टोल–टोलमा यतिबेला नेकपा (एमाले)ले प्रचार अभियानहरु चलाएको छ । नगरपालिका क्षेत्रमा विभिन्न कमिटीहरु गठन गरेर नेकपा (एमाले)ले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएको छ । चुनावी अभियानको क्रममा जुन रौनक देखिएको छ, यसलाई नै चुनावी सफलताको आधारको रुपमा लिएका छौं । हामी विश्वस्त छौं कि यसपटक हामीले ठूलो मतान्तर सहित निर्वाचन जित्नेछौं ।

यहाँको नेतृत्वको नागार्जुन नगरपालिकाले समृद्ध नागार्जुन निर्माणको लागि के–कस्ता कुरामा बढी केन्द्रित हुनेछ ?
मेरो नेतृत्वको नगरपालिकाले मूलतः सुशासन, जवाफदेहिता र पारदर्शिता सहितको विकासलाई जोड दिनेछ । नेकपा (एमाले)ले अघी सारेको समृद्ध नेपालः सुखी नेपाली अभियानलाई सार्थक बनाउने अभियान स्वरुप समृद्ध नागार्जुन निर्माणको लागि हामीले मूलतः स्थानीय बासिन्दाहरुको जीवनस्तर सुधार हुने गरी आर्थिक उपार्जनका नयाँ आधारहरु खोज्नेछौं । जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्न गुणस्तरीय शिक्षालाई सर्वसुलभ बनाउने, स्वास्थ्यमा सहज पहुँच स्थापना गर्ने, यातायात संयन्त्रलाई सुधार गरी सहज बनाउने, व्यवस्थित विकासमा जोड दिने, सीपमा आधारित घरेलु, साना र मझौला उद्योगहरुको स्थापना र प्रवद्र्धनमा जोड दिई रोजगारी सृजनामा टेवा पु¥याउने, वस्तु उत्पादन र बजारीकरणमा सहजीकरण गर्ने लगायतका कामहरु गर्नेछौं । हामीले मूलतः गुणस्तरीय पक्षलाई बढी जोड दिनेछौं । जसबाट व्यवस्थित र दिगो विकास अवधारणालाई सार्थक बनाउन सहयोग पुगोस् ।

हामीले जनतालाई बिनाझण्झट सेवा उपलब्ध गराउने योजना बनाएका छौं । सूचनाको हक बमोजिम हरेक नागरिकलाई सहज रुपमा सूचना प्रवाह गर्नेछौं । हामीले नगरपालिकालाई प्रविधिमैत्री बनाउने योजना बमोजिम पेपरलेस बनाउँदै लैजानेछौं । यसबाट जनताहरुले नगरपालिकाबाट पाउने अधिकांश सेवा घरबाट नै लिन सक्नुहुनेछ ।

गुणस्तर सहितको दिगो विकास अवधारणा कसरी सम्भव हुन सक्छ ?
अहिले सम्म हामीले विकासको क्रममा दिगोपनलाई जोड दिन सकेका छैनौं । राष्ट्रिय बजेट मात्र खर्च हुने खोक्रो विकासलाई नै विकास भन्दै आएका छौं । कुनै विकास आयोजना अघी बढाउने क्रममा त्यसले पार्ने आर्थिक सामाजिक, वातावरणीय एवं सांस्कृतिक लगायतका असरहरु के हुन सक्छन् भन्ने सम्बन्धमा विज्ञहरुसँग छलफल र राय लिएर आवश्यकताको आधारमा मात्र ती कामहरुलाई अघी बढाउनु जरुरी हुन्छ । बजेट मात्र खर्च गरेर, दिगो प्रभावलाई बेवास्ता गरेर हाम्रो समृद्धिको चाहना पूरा हुन सक्दैन । दिगो विकास हाम्रो अहिलेको महत्वपूर्ण सर्त बनेको छ । यस नगरपालिकाको अघिल्लो कार्यकालको नेतृत्वले सही तवरले विकास गतिविधिहरु सञ्चालन नगर्दा नगरबासीहरुले अत्यन्तै पीडा खेप्नुपरेकोमा हामी दुखित छौं ।

दिगो विकास र सुशासनको लागि पारदर्शिता महत्वपूर्ण रहने मेरो बुझाई छ । हामी यो अनुमान गर्न सक्छौं कि महालेखा परीक्षक कार्यालयको तथ्याङ्कमा यस नगरपालिकाको नाममा ९ अर्ब ५७ करोड बराबरको रकम बेरुजु हुनु पक्कै पनि कमजोर सुशासन र अपारदर्शिताको परिणाम हुनुपर्छ । त्यस किसिमको समस्या सृजना हुनुमा के नगरप्रमुखले कुनै जिम्मेवारी स्वीकार्न तयार हुनुपर्दैन ? जबसम्म सुशासन कायम गर्न सकिँदैन, तब सम्म हामीले समृद्धिको परिकल्पना गर्न सक्दैनौं । यसकारण वेथिति र भ्रष्टाचार न्यूनीकरणलाई हामीले पहिलो प्राथमिकतामा राख्नेछौं ।

आफ्नो कार्यकालमा यहाँले समृद्ध नागार्जुनको स्वरुप कस्तो भएको देख्न चाहनुहुन्छ ?
हामीले जनतालाई बिनाझण्झट सेवा उपलब्ध गराउने योजना बनाएका छौं । सूचनाको हक बमोजिम हरेक नागरिकलाई सहज रुपमा सूचना प्रवाह गर्नेछौं । हामीले नगरपालिकालाई प्रविधिमैत्री बनाउने योजना बमोजिम पेपरलेस बनाउँदै लैजानेछौं । यसबाट जनताहरुले नगरपालिकाबाट पाउने अधिकांश सेवा घरबाट नै लिन सक्नुहुनेछ ।

शिक्षामा गुणस्तरीय फड्को हाम्रो अर्काे महत्वपूर्ण चाहना हो । यसको लागि दक्ष र प्राविधिक जनशक्तिहरु स्थानीय सामुदायिक विद्यालयमा थप्नु जरुरी छ । पूराना जनशक्तिलाई आधुनिक प्रविधिमा अभ्यस्त बनाउन तालिम लगायतका योजनाहरु आवश्यक देखेका छौं । शिक्षालाई नतिजामुखी बनाउनको लागि शिक्षकलाई जवाफदेही बनाउनु छ । भौतिक पूर्वाधारमा सुधार आवश्यक छ । यी सबै प्रयाशको अन्तिम उद्देश्य सामुदायिक विद्यालयमा पढ्न पाउँदा विद्यार्थीलाई गौरव महसुस हुने परिस्थिति सृजना गर्नु नै रहनेछ । यसको लागि हामी सोहीबमोजिम नीतिगत व्यवस्था गर्नेछौं ।

दीर्घकालिन रुपमा नागार्जुन क्षेत्रलाई साना र मझौला उद्योगको हबको रुपमा विकास गर्ने कार्यक्रम समेत मेरो योजनामा छ । यसको लागि प्रत्येक घरमा घरेलु उद्योग स्थापना हुने र उत्पादित सामानको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने स्थिति सृजना गर्नुपर्ने मैले देखेको छु ।

अहिले सम्म गुणस्तरीय विकासको लागि रहँदै आएका अवरोधहरु के रहेको पाउनुभएको छ ?
सुशासन र जवाफदेहिताको लागि राम्रो काम गर्नेलाई उत्प्रेरित (पुरष्कृत) गर्ने र नराम्रो गर्नेलाई दण्डसजायको व्यवस्था महत्वपूर्ण हुन्छ । अहिले सम्म नेपालमा यसको राम्रो अभ्यास हुन सकेको छैन । पुरष्कार र दण्डसाजयको व्यवस्था मार्फत हामीले सुशासनमा मनग्य उपलब्धि प्राप्ति गर्न सक्छौं । सङ्ख्यात्मक उपलब्धि भन्दा गुणस्तरीय पक्षको उपलब्धि हरेक क्षेत्रमा महत्वपूर्ण हुने गर्छ ।

शिक्षाकै कुरा गर्ने हो भने व्यक्तिले पाएको ज्ञान र अनुभव भन्दा पनि अहिलेको शिक्षामा प्रमाणपत्र र अङ्कलाई बढी महत्व दिइन्छ । यसले शिक्षाको सही मूल्याङ्कन नहुन पनि सक्छ । अबको आवश्यकता भनेको प्राविधिक ज्ञान सीप, समाजमा पु¥याउन सक्ने योगदान, चरित्र निर्माण एवं अन्य अन्तरनिहीत पक्षहरुलाई पनि गुणस्तर मापनको आधार बनाउनुपर्ने मैले देखेको छु ।

अन्त्यमा यहाँले के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण नागार्जुनबासी जनताहरुमा मैले यो सन्देश दिन चाहन्छु कि हामीले व्यवस्था परिवर्तन त ग¥यौं तर सँगसँगै जुन रुपमा हामीले स्थानीय सरकारको परिकल्पना गरेका थियौं, त्यस परिकल्पना बमोजिमको सरकार हामीले प्राप्त गर्न सकेनौं । आगामी दिनमा स्थानीय सरकार जनता प्रति बढी नै उत्तरदायी हुनुपर्ने हामीले महसुस गरेका छौं । संस्थागत काममा कुनै विकास गतिविधि सञ्चालन गर्दा त्यसको जस एक व्यक्ति वा समूहले लिने परिपाटी पनि एक किसिमको भ्रष्टाचार नै हो । राष्ट्रिय बजेट खर्च गर्दा त्यसको जस एक व्यक्तिले प्राप्त गर्ने स्थिति बन्नुहुँदैन । हाम्रो (एमाले)को नेतृत्वले यस्तो स्थिति सृजना हुन दिँदैन ।

जनताबाट प्राप्त गरेको करबाट आवश्यकता र उपलब्धि प्राप्तिको लागि भन्दा पनि व्यक्तिगत लाभ र मनोरञ्जनको लागि विदेश भ्रमण गरेर अनावश्यक बजेट खर्च गर्ने नेतृत्वले जनतामा समृद्धि ल्याउन सक्दैन । यसकारण हामी यो प्रतिवद्धता व्यक्त गर्छौं कि सुशासन र जवाफदेहिता प्रति उत्तरदायी रहँदै दिगो विकास सहितको समतामूलक समाज निर्माण गर्न हामी प्रतिवद्ध छौं । यसको लागि यसपटक सूर्य चिन्हमा मतदान गरी यहाँहरुको पक्षमा सेवा गर्ने मौका दिनुहोस् । हामी तपाईंको मुहारमा खुसी ल्याउन प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij