सङ्कर जोशी,स्वतन्त्र वडा अध्यक्ष उम्मेदवार, कामपा –२६अहिले सम्म कुनै पार्टीमा सदस्यता नलिएका जोशी वि.सं २०५४ देखि विभिन्न सामाजिक गतिविधिमा क्रियाशिल रहँदै आएका पात्र हुन् ।
आफूले कुनै दलको आड नलिई विगतमा जनताको आवश्यकता बमोजिमका भौतिक पूर्वाधारहरु विकासको लागि महत्वपूर्ण योगदान पु¥याएका जोशी तल्लो तह देखि माथिल्ला निकाय सम्म विकासका पक्षमा काम गर्न सहज रुपमा सम्बन्ध स्थापित गर्न सफल रहँदै आएका छन् ।
पार्टीलाई होइन, व्यक्ति चिन्नुस्
स्थानीय तह निर्वाचनको क्रममा पार्टी प्रतिनिधिलाई नभई काम गर्न सक्ने क्षमतावान् व्यक्तिलाई स्थानीयहरुले नजिकबाट चिन्ने भएकोले सोहीबमोजिम उचित पात्र चयन गरेर आफूलाई विजयी गराउनेमा आशावादी रहेका छन् जोशी । कम्तीमा यसपटकको उम्मेदवारीले जनताले आफुलाई कसरी बुझेका रहेछन् आफूलाई मूल्याङ्कनको अवसर प्राप्त हुने शङ्कर बताउँछन् ।
विकासको लागि अन्तरनियका समन्वय आवश्यक पर्दोरहेछ । स्थानीयको मन र मत एवं माथिल्ला निकायको साथसहयोगबाट शिक्षा, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा प्रयाप्त काम गर्ने सोच बनाएका छन् जोशी । हाल सम्म शिक्षा र स्वास्थ्यको लागि राम्रो प्रबन्ध नभएको यस वडामा निजी क्लिनिकमा महँगोमा उपचार गर्नुपर्ने र मासिक ४–५ हजारमा नर्सरी शिक्षा पढ्नुपर्ने बाध्यताले जोशीलाई नराम्ररी पिरेलेको छ ।
खानेपानी क्षेत्रमा जोशी
विगतमा खानेपानीको अभाव रहेको स्थितिमा खानेपानीको उचित प्रबन्ध गर्ने कार्यमा शङ्करले महत्वपूर्ण योगदान दिएका छन् । वडा नं १६ र २६ को संयुक्त म्हेपी सडक विस्तार गर्न पनि उनको भूमिका महत्वपूर्ण छ । पानीको उचित व्यवस्थापनको लागि२०६२ मा ५–५ हजार लिटरका ट्याङ्की निर्माण कार्य सम्पन्न गरेसँगै म्हेपीका जनताको तत्कालको लागि खानेपानीको वैकल्पिक समाधान निस्कियो ।
आर्थिक स्रोतः
शङ्कर जोशी सामाजिक अभियानमा लागेपनि उनी आफैंले व्यक्तिगत खर्चबाट विकासका काम गर्ने भने होइनन् । विभिन्न सरकारी एवं गैरसरकारी निकाय एवं आफ्नो कार्यअनुभव र चिनजानका व्यक्तिहरुको सहकार्यमा आवश्यक बजेट व्यवस्थापन गरेर समाजलाई आवश्यकता पूरा गर्ने काममा निःस्वार्थ लागिपरेका व्यक्ति हुन् शङ्कर । व्यक्तिगत पहलमा राम्रो आर्थिक स्रोत नभएको स्थितिमा पनि प्रयाप्त काम गर्न सकिने अनुभव समेटेका जोशी वडाअध्यक्ष नै निर्वाचित हुनसके वडाको विकसको लागि विनियोजित बजेटले काठमाडौं महानगर पालिका २६ वडाको अवस्थामा निकै सुधार ल्याउन सकिने अपेक्षा गरेका छन् ।
समस्या भित्रै सम्भावना भेटिन्छ
समस्या समाधानको क्रममा नेतृत्व गर्दै जाँदा आफूबाट राम्रो तवरले काम हुँदै जाने क्रममा आफूलाई स्थानीयहरुको थप प्रेरणा मिलेको जोशी बताउँछन् । त्यही प्रेरणाले नै विकासे क्रियाकलापमा लाग्न आफूलाई अझ बढी बल पुगेको जोशी बताउँछन् । जोशीले आफ्नो समाजमा ब्लक छाप्ने, बाटोघाटो, पर्खाल निर्माण, बत्ती, पोल, ट्रान्सफर्मर लगायतको उचित व्यवस्थापनमा पनि आफू सहित आफ्नो टीमलाई परिचालन गरे ।
समस्या भित्र नै सम्भावना भेट्न सकिने मान्यता राख्छन् जोशी । सोहीबमोजिम आफूले पनि समस्यामा टेकेर नै अहिलेको अवस्थामा आउन सफल भएको दाबी गर्छन् उनी । जनताबाट विश्वास जितेरै आफूलाई यसपटक वडाअध्यक्षमा उम्मेदवारी दिन प्रेरणा मिलेको जोशी बताउँछन् ।
रमेश केसीसँगको सहकार्य महत्वपूर्ण
काठमाडौं महानगर २६ वडामा रहेका ठूला संरचना भनेका नयाँबसपार्क र ठमेल नै हुन् । यस वडामा केही पुराना बस्ती र सम्पदाहरु छन् । तिनको जगेर्ना गर्नुपर्ने जरुरी छ । सोही मान्यताले १ सय ४ बर्ष पुरानो त्रिभीम धारा (बम्पाहिटी)को मर्मतसम्भार गरेर पछिल्लो समय चर्चामा आए जोशी । काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखाका ई. रमेश केसीसँगको सहकार्यमा जोशीले उक्त धारालाई पहिलेको स्वरुपमा फर्काउन सफल भएका हुन् । यसैगरी जोशीको पहलमा ६४ ठाउँमा पाइपलाइन बिस्तार गर्ने काम भएको छ । पुरानो घर दोलखा रहेका जोशी अहिले काठमाडौं महानगर–२६ का जनताको मनमुटुमा बस्न सफल भएका एक विकासप्रेमी पात्रको रुपमा स्थानीयले बुझ्ने गरेका छन् ।
अन्तरनिकाय समन्वयमा अब्बल छन् जोशी
विकासको लागि अन्तरनियका समन्वय आवश्यक पर्दोरहेछ । स्थानीयको मन र मत एवं माथिल्ला निकायको साथसहयोगबाट शिक्षा, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा प्रयाप्त काम गर्ने सोच बनाएका छन् जोशी । हाल सम्म शिक्षा र स्वास्थ्यको लागि राम्रो प्रबन्ध नभएको यस वडामा निजी क्लिनिकमा महँगोमा उपचार गर्नुपर्ने र मासिक ४–५ हजारमा नर्सरी शिक्षा पढ्नुपर्ने बाध्यताले जोशीलाई नराम्ररी पिरेलेको छ ।

जोशी आर्थिक उपार्जनको लागि म्हेपी क्षेत्रमा सानो साडी कुर्ता पसल चलाउँदै आएका छन् । जुन झण्डै २० बर्ष देखि सञ्चालनमा छ । यतिबेला चुनावी भेटघाट केन्द्रको रुपमा आफ्नै पसललाई बनाएका जोशीको धेरै समय त व्यवसाय भन्दा पनि विभिन्न सामाजिक क्रियाकलापमा नै बित्ने गर्छ ।
स्वास्थ्य र शिक्षाको अलावा सुरक्षा म्हेपी क्षेत्रको ठूलो चुनौती रहेको जोशीको बुझाई छ । विगतमा विभिन्न चोरी डकैटी लगायत गतिविधिहरु बढी मात्रामा हुने गरेकोमा अहिले यस्ता घटनाहरु म्हेपीमा घटेका त छन् यद्यपि आगामी दिनमा हरेक व्यक्ति आफ्नो हरेक काममा सुरक्षित महसुस गर्ने स्थिति सृजना गर्न थप सुरक्षा अपनाउनुपर्नेमा जोशी जोड दिन्छन् । विगतमा उक्त क्षेत्रमा विभिन्न घटनाहरु भएको कारण आफ्नो पहलमा प्रहरी चौकी स्थापना गरेका जोशी बताउँछन् । आगामी दिनमा टोल–टोलमा सिसिटिभी जडान आवश्यकता रहेको समेत जोशी बताउँछन् ।
महिलालाई क्षमतावान् बनाउन जोड
साना व्यवसायीको क्षमता विकासमा पनि जोड दिनुपर्ने आवश्यकता महसुस गरेका जोशी महिलालाई लक्षित व्यवसायलाई प्रवद्र्धन गर्नुपर्नेमा बढी जोड दिन्छन् । उनी भन्छन्, महिलाहरु सामान्यतया घर भन्दा टाढा गएर काम गर्न सक्दैनन् । तुलनात्मक रुपमा महिलालाई बढी संवेदनशिल मानिन्छ । यसकारण घरमा नै गर्न सकिने सीपमूलक कामका अवसरहरु महिलालाई सृजना गर्नुपर्ने आवश्यकता रहन्छ । साथै महिलाले उत्पादन गरेका सामानको उचित बजार व्यवस्थापन हुनेगरी काम गर्नुपर्ने र महिलालाई लक्षित गरी न्यून दरमा कर्जा उपलब्ध गराई महिला उद्यमशिलता बढाउन सहयोग गर्नुपर्नेमा जोशी जोड दिन्छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij