२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

समृद्ध नेपाल निर्माणको आधार तयार गर्न यस्ता छन् नेकपा (एमाले)का कार्यक्रमहरु

समृद्ध नेपाल निर्माणको आधार तयार गर्न यस्ता छन् नेकपा (एमाले)का कार्यक्रमहरु

श्याम बस्नेत, अध्यक्ष, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटी

यसपटकको स्थानीय तहको निर्वाचन यही २०७९ वैशाख ३० गते देशभर एकैपटक सम्पन्न हुन गइरहेको छ । राष्ट्रियताको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रत्यक्ष एवं परोक्ष रुपमा योगदान पुर्याउने सम्पूर्ण अग्रजहरुको भूमिकाकै परिणामस्वरुप हामीले यो परिणाम प्राप्त गर्न सकेका हौं । समाजवादी ध्येयका लागि भएका आन्दोलन र क्रान्तिमा थुप्रै व्यक्तिहरुले आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुभएको छ । उहाँहरुको योगदानको कदर गर्दै प्राप्त उपलब्धिहरुको रक्षा गर्नु र मुलुकलाई आर्थिक रुपमा सम्पन्नताको शिखरमा पुर्याउनु नै हाम्रो लागि अहिलेको महत्वपूर्ण जिम्मेवारी बनेका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी तथा प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत आन्दोलनलाई मार्गदर्शन गर्ने अग्रजहरुको उच्च सम्मान प्रकट गर्नको लागि नेपालीहरुको जनजीवनमा प्रत्यक्ष परिवर्तन महसुस हुनेगरी सामाजिक रुपान्तरणको लागि काम गर्नु जरुरी छ । व्यवस्था परिवर्तनको क्रममा घाइते, अङ्गभङ्ग र बेपत्ता व्यक्तिहरुको पूर्ण तथ्याङ्क समेत अहिले सम्म सङ्कलन गर्न सकिएको छैन । परिवर्तनको पक्षमा लडिरहँदा हुन पुगेको क्षति, पारिवारिक वियोग र वर्णन गर्न नसकिने कठिन परिस्थितिमा पनि आन्दोलनको झण्डालाई निरन्तर फहराइरहनु हुने न्याप्रेमी नेपाली जनताप्रति आदरभावका साथ अभिनन्दन गर्दै पुनः निर्वाचनको माध्यमबाट बाँकी रहेका सपना पूरा गर्ने वाचा सहित यतिबेला हामी स्थानीय तह निर्वाचनको लागि घरदैलो अभियानमा छौं ।

यसपटकको स्थानीय तहको निर्वाचन सुशासन र समृद्धिका लागि महत्वपूर्ण आधार हुनेमा हामी विश्वस्त छौं । यसका उद्देश्यहरु निम्न छन् ।

– स्थानीय स्वायत्त शासनका महत्वपूर्ण अङ्ग, तह र निकायहरुलाई अधिकार सम्पन्न बनाउने ।
– ‘आफ्नो गाउँ आफैं वनाऊँ’ अभियानलाई सार्थकता दिने ।
– महिला र दलित सहभागिताको कानुनी प्रत्याभूति गर्ने ।
– संघीयताका संघ, प्रदेश र स्थानीय तहलाई स्वतन्त्र र अधिकार सम्पन्न बनाउन निरन्तर दबाब र खवरदारी गर्ने ।

स्थानीय तह निर्वाचन २०७४ मा “नेकपा (एमाले) समृद्धि, समानता र सबल राष्ट्रको आधारः गाउँदेखि केन्द्रसम्मै एमाले सरकार” भन्ने नाराका साथ तपाईहरु सामु उपस्थित भएको हो । स्थानीय तहहरुको संस्थागत शुिद्धकरण र निर्णायक भुमिकामा एमालेको जोड रहँदै आएको छ । जनप्रतिनिधिहरु मार्फत संविधानप्रदत्त हकको कार्यान्वयन, स्थानीय साधन स्रोतको अधिकतम परिचालन, सेवा प्रवाह र विकास नै नेकपा (एमाले)का मुख्य सर्तहरु हुनेछन् । यसको अलावा ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षालाई कार्यान्यवयन गरी सबै नेपालीको जीवनस्तरलाई माथि उठाउनु एमालेको सबैभन्दा महत्वपूर्ण लक्ष्य रहेको छ ।

जनादेशको विस्थापन: परमादेशको शासन
– संविधान र सङ्घीयता सफल रुपमा कार्यान्वयन गर्नुछ । संविधान प्रति असन्तुष्टि राखेका समुहहरुलाई संविधान समायोजन प्रक्रियामा सहभागि गराई राजनीतिक मुलधारमा ल्याउन एमाले सफल छ ।
– सार्वभौम, समानता, पारस्पारिक लाभ एवं सम्मान र अहस्तक्षेपका मान्यतामा आधारित भई नेपालका छिमेकी मुलुक भारत र चीन लगायतका वाह्य मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने काम नेकपा (एमाले)को नेतृत्वमा भएको छ ।
– नयाँ भू भाग समेटेर नेपालको नक्सा प्रकाशन गर्ने कार्यलाई एमालेको महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । यसको अलावा दीर्घकालीन र रणनीतिक महत्वका पूर्वाधार निमार्णको काम थालनी गरिएको छ ।
– भुकम्प पछिको पुन निमार्ण र हस्तान्तरण एमालेको नेतृत्वमा नै सफल भयो ।
– वाह्य लगानीमा भएको ठूलो वृद्धिले नेपाल लगानीको लागि सुरक्षित गञ्तव्य बन्दै गएको आभाष अन्तर्राष्ट्रिय समुदायलाई भएको सजिलै अनुमान गर्न सकिन्छ ।
– दिगो विकास लक्ष्य सहित मानव विकास शान्ति खुसी खाद्य, सुरक्षा, वहुआयामिक गरिवी, व्यावसायिक सहजता, लैङ्गिक समानता लगायत विश्वव्यापी सूचाङ्कंहरुमा उल्लेखनीय सुधार भएको छ । यसको अलावा संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ युगको अनुभुति दिलाउने गरी नेकपा (एमाले) नेतृत्वले काम अगाडी बढाएको छ ।
– शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आवश्यक संस्थागत व्यवस्था गरिएको छ ।

यसको अलावा लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने विभिन्न योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गरिएको छ । विभिन्न आन्दोलन, क्रान्ती र परिवर्तनमा महत्वपूर्ण योगदान गर्नेहरुलाई लोकतान्त्रिक योद्धाको रुपमा सम्मान प्रदान गर्ने काम थालनी गरिएको छ ।

संसद विघटन ठीक कि वेठीक ?
– जहाँ सम्म संसद विघटनको प्रसङ्ग छ । संसद विघटन त्यस परिस्थितिको बाध्यता थियो । तत्कालिन उचित समाधानको सही विकल्प थियो । कोभिड–१९ को समयमा हुर्किएको आन्तरिक अवसरवाद, आन्तरिक अराजकतावाद, परिवारवाद र अदालती सेटिङ समेतबाट नेकपा र नेकपा (एमाले) बचाउन पार्टी अध्यक्ष क.केपी शर्मा वलिको दुरदर्शिता र कुटनीतिक चातुर्यपूर्ण शाहसिक कदमबाट नै हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) वर्तमान अवस्थामा आइपुगेको हो ।

संसद विघटनकै विषयलाई लिएर संविधानको अपव्याख्या गरियो । अदालतको दुरुपयोग र जनमतको अपमान हुनेगरी राष्ट्राध्यक्षको अधिकार कुण्ठित गरियो । दलीय पद्धतिमा अलोकतान्त्रिक प्रहार गर्दै निर्दलीय शैलिमा परमादेशी सरकार गठन गरी देशलाई अस्तव्यस्त बनाइयो । सुखी नेपाली र समृद्ध नेपालको अवधारणा र राजनीतिक स्थायित्व भत्काउने गरी कुटिल तरिकाले अध्यादेश जारी गरिँदा दिशाविहीन गठबन्धन परमादेशी सरकार गठन गरियो ।

दिशाविहीन गठवन्धनः चौतर्फी सङ्कट
– परमादेशी सरकारको निर्माण पश्चात् न्यायलयमा अस्तव्यस्त, न्यायाधिसहरुको हड्ताल कानुन व्यवसायीहरुको अवरोध, बन्दी प्रत्यक्षिकरणमा नियन्त्रण, निश्चित नेताको स्वार्थमा अदालतको निर्णय हुने स्थिति, प्रतिशोधी महाअभियोग जस्ता कानुनी समस्या र संकट सृजना गरियो ।
– दलिय अनुशासन उल्लङ्घन गर्ने सांसदहरुमाथि नेकपा (एमाले)ले गरेको कारवाहीको सूचना प्रकाशित नगरेर दल विभाजनमा सहयोगी बनेका सभामुखका गैरसंवैधानिक असंसदीय, पक्षपातपूर्ण हर्कतका कारण संसद समेत महिनौं देखि अवरुद्ध रहँदै आएको छ ।

– परमादेशी सरकार बनेपछि अर्थतन्त्रका अधिकांस सूचकहरु नकारात्मक वनेका छन् । अर्थतन्त्र धरासायी हुँदै गएको छ । चर्को मूल्यवृद्धि, अनयिन्त्रित महँगी, बैंकमा तरलताको अभाव, वित्तीय प्रणालीमा अन्यौलता, सरकारी नीतिमा समस्या, हुण्डी कारोवार मौलाउने स्थिति, सरकारले विकास साझेदारसँगको विश्वास गुमाएको स्थिति, सम्पत्ती शुद्धिकरण निवारण गर्न्ुपर्नेमा सरकार उल्टोबाटोमा हिँडेको अवस्था, पुँजीगत खर्च कमजोर हुन पुगेको, अर्थतन्त्र दुरुस्त छ भनी झुटो प्रचार गरेको, अर्थमन्त्री अराजक बन्दै गएको र अवैध स्रोतलाई वैध बनाउने दुराशयका साथ नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त निकायका गर्भनरमाथि गैरकानूनि तवरले कारवाही स्वरुप निलम्बन गर्ने स्थिति सृजना भएको छ ।

जनमुखी काममा अवरोध
पूर्ववर्ती सरकारले अगाडी बढाएका जनमुखी कामहरुलाई यस सरकारले खारेज या कार्यान्वयनमा अवरोध गरिरहेको छ । पालिका जोड्ने कालोपत्रे सडक निमार्ण कार्य खारेजी, पालिका सिलान्यास गरिएका ३९६ वटा आधारभुत अस्पतालको बजेटमा कटौटी, कोभिड विरुद्ध खोपको दुरुपयोग, कोभिड बिमाको रकम भुक्तानीमा अवरोध, भूमी आयोगको खारेजी र लालपुर्जा वितरणमा अवरोध गरेको, रोजगारी सृजना गर्ने योजनाहरु कटौती गरिएको स्थिति लगायतलाई समृद्धिको यात्रामा गरिएको अवरोधको रुपमा लिन सकिन्छ । जसबाट नेपाली जनताको मनोबल खस्काउने काम भएको छ । बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलन खडा भएको छ । लिपुलेक लिम्पियाधुरा र नालापानी लगायत भू–भाग फिर्ता गर्न भारतसँग पहल गर्न नसकेको स्थिति त अर्कोतिर छँदैछ ।

– नेपाली नागरिक जयसिंह धामीलाई तुइन चुँडाएर मारिँदा नेपालको स्वाधिनता र स्वभिमान माथी पटक पटक आँच पुर्याउँदा समेत सरकारले लाचारी प्रकट गरेको छ । दुई छिमेकी मुलकसँग सन्तुलित सम्वन्ध गरी नेपालको आर्थिक विकासलाई तिव्रता दिन चीन र भारतसँग सन्तुलित सम्वन्ध कायम गर्न नसकेको स्थिति छ ।

– MCC र  BRI जस्ता दुई पक्षीय बिषयहरुलाई गिजोलेर नेपाललाई भू–राजनीतिक द्वन्द्वमा धकेलेको र मुल्ुकको छवि प्रतिष्ठा र विश्वसनियता माथि प्रश्न खडा गर्ने काम सरकारबाटै भएको छ ।

– विगतमा नेकपा एमालेको वहुमत सरकार हुँदा अन्य राजनीतिक दलहरुलाई समेटेर राष्ट्रिय मुद्धा र राष्ट्रिय हितका बिषयमा मूल राजनीतिक शक्तिहरुलाई न्युनतम साझेदारीको आधारमा प्राकृतिक विपत्ती, कोरोना महामारी, नेपालको नयाँ प्रशासनिक राजनीतिक नक्सा प्रकाशन, संविधान संशोधन, परराष्ट्र नीति तर्जुमा र वाह्य सम्बन्ध जस्ता प्रश्नमा सिंगो राष्ट्रलाई एकतावद्ध बनाएको थियो । पार्टीको पक्षमा स्पष्ट बहुमत हु्ँदाहुँदै पनि अन्य पार्टीलाई सरकारमा समेटेका थियौं तर वर्तमान गठवन्धनले मुलुकलाई तिक्तता, प्रतिशोध, घृणा र द्वन्द्व तिर धकेलेको छ । विश्वमा कहीँ नभएको प्रतिपक्ष दलहरु विरुद्ध मोर्चाबन्दी गर्ने, हिंसालाई दुरुस्साहन गर्ने मुख्य राष्ट्रिय मुद्धामा प्रमुख प्रतिपक्षी लगायत अन्य दलहरुसँग सामान्य परामर्श समेत गर्न असफल भएको छ ।

स्थानीय तहमा पाँच वर्षका अनुभव र उपलब्धि
स्थानीय तहमा प्रतिकुलता र कठिनाइका वावजुत पनि हाम्रा प्रतिनिधिहरुले पाँच वर्षमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा महत्वपूर्ण आधार तयार पारेका छन् । यो अवधिमा स्थानीय तहलाई कामकाजी परिणाममुखी र प्रभावकारी बनाउन आवश्यक कानुनी र संरचनागत व्यवस्था गरिएको छ ।

– राजश्वका एकल अधिकार क्षेत्र हस्तान्तरण र साझा अधिकार सूचीका राजश्व बाँडफाँडको विधि स्थापित गरिएको छ । उपलब्ध स्रोतको विनियोजन गरेर स्थानीय तहलाई साधन स्रोत सम्पन्न वनाईएको छ । पालिका भवन निमार्ण गरि सेवा चुस्त वनाउन विषेश वजेटको व्यवस्था गरिएको छ ।
– स्थानीय तहमा वाह्य लगानीका लागि आवश्यक समन्वय गरिएको छ ।

पूर्वाधारमा फड्को

– स्थानीय स्तरमा ४ हजार ३ सय ६२ कि.मि. बाटो कालोपत्रे भई, पक्की सडक सञ्चालन दोब्वर भन्दा वढी विस्तार भएको छ । संघ र प्रदेशमार्फत भएको सडक निर्माण समेत जोड्दा यति छोटो अवधिमा यति धेरै सडक निर्माण भएको इतिहासमै पहिलो उदाहरण हो । अहिले स्तरीय सडक पुगेका पालिकाको सङ्ख्या केन्द्र ७ सय २५ छ ।
– पुष्पलाल लोकमार्ग, काठमाडौं–तराई दु्रत मार्ग र पूर्व–पश्चिम राजमार्ग निमार्ण र विस्तार रफ्तारमा अघी बढेको छ । मदन भण्डारी राष्ट्रिय राजमार्गको निमार्ण तीब्र गतिमा भइरहेको छ ।हुलाकी राजमार्ग निमार्ण अन्तिम चरणमा पुगेको छ । सडक, पुल कलभर्ट र पक्की नाली निमार्णमा उल्लेख्य प्रगति भएको छ । प्रत्येक निर्वाचन केन्द्र जोड्ने गरी पक्की सडक निमार्ण अभियान चलिरहेको छ । सहरी पूवाधारमा तीब्र विकास र तराईका सदरमुकामलाई राजमार्गसँग जोड्ने सडकको स्तरोन्नती भएको छ ।
– भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । मुख्य घरेलु विमानस्थलको स्तरोन्नती र रात्रिकालीन उडान अवतरणको सुविधा विस्तार गरिएको छ । पहाडी विमानस्थलको धावन मार्ग कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।
– तुइन विस्थापनको लागि २ हजारभन्दा वढी झोलुङ्गे पुल निमार्ण गरी तुइन विस्थापन र चीनसँग नयाँ नाकाहरु खोल्ने काम भएका छन् । वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकी निमार्ण र सञ्चालन गरिएको छ । अमेलखगञ्ज मोतिहारी सीमा वारपार पेट्रोलियम पाइप लाइन निमार्ण गरिएको छ । चोभारमा सुख्खा वन्दरगाह निमार्ण कार्य सम्पन्न भएको छ ।

सामाजिक– आर्थिक रुपान्तरण, स्थानीय विकास र समृद्धि सम्बन्धमा पार्टीको दृष्टिकोण
– समाजवादका आधार निमार्णका लागि सामाजिक न्याय, समानता, उत्पादनका साधनमा सबैका पुहँच, स्वाधीन अर्थप्रणाली, लाभको न्यायोचित वितरण, शिक्षा स्वास्थ्य र सामाजिक सेवामा जनताको पहुँच, लैङ्गिक विभेदको अन्त्य, राष्ट्रिय पुँजी निमार्ण, लोक कल्याणकारी राज्य निमार्णको माध्यमबाट समाजवादका आधारहरु तयार गर्ने कार्यमा पार्टी क्रियाशिल रहँदै आएको छ ।

समृद्ध नेपाल सुखी नेपालीका लागि नेकपा (एमाले)ले निम्न पक्षहरुलाई बढी जोड दिँदै आएको छ ।

 आर्थिक, सामाजिक, राजनैतिक सांस्कृतिक सुधार र विकास
 समुचित र गुणस्तरीय खाद्यान्नको व्यवस्थापन
 प्रति व्यक्ति आयमा वृद्धि
 आयात निर्यात प्रतिस्थापन र गरीवी निवारण
 आधुनिक कृषि प्रणालीमा विकास
 रोजगारीका अवसरहरु सृजना
 जलस्रोतको विकास र विद्युतीकरण
 उर्जाको विकास, निर्यात, प्रयोग र आर्थिक विकास
 वातावरणीय सुधार गरी स्वस्थ्य जीवन पद्धतिको विकास
 विकासमा जनसहभागिता
 द्वन्द्व र हड्तालको अन्त्य
 खुला व्यापार, निजी लगानी, राष्ट्रिय आम्दानीमा वृद्धि र आर्थिक वृद्धि
 उद्योग कलकारखानामा व्यापक विकास
 भ्रष्टाचार नियन्त्रण
 उद्योग व्यवसाय, बैंकिङ, सार्वजनीक यातायात लगायतका क्षेत्रमा राज्यको उपस्थिति
 स्थिर सरकार ः विकास परियोजनाहरुको समय निर्धारण र पारदर्र्शिता
 शैक्षिक जनशक्तिको विकास र स्वदेशमै परिचालन
 सहकारी निजी र सरकारी पुँजीको एकिकृत स्वरुप निमार्ण र समुचित प्रयोग ।
 विचौलियाहरुको प्रभाव अन्त्य नीति
 विदेशी पुँजी र प्रविधिको प्रयोग (पुँजी सार्वभौम समानता र राष्ट्रिय हितमा आधारित हुने गरी)

स्थानीय विकास, सुशासन र समृद्धि सम्बन्धी नीतिलाई प्राथमिकता
 गुणस्तरीय शिक्षाको आधार ः प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार
 निरोगी नेपाल, स्वस्थ नेपाली
 स्वच्छ खानेपानीः सफा बस्ती र राम्रो आनीबानी
 आधुनिक उर्जाः उज्यालो पालिका
 उन्नत कृषिः किसानको समृद्धि
 सहज आयामको आधारः दिगो यातायात पूर्वाधार
 एकीकृत बस्ती, योजनावद्ध विकास ः विकसित पालिका, सुरक्षित आवास
 औद्योगीकरण र आर्थिक वृद्धिः स्वदेशमै रोजगारी सम्मान र समृद्धि
 उद्यमशीलता र रोजगारीः समृद्धिका लागि सहकारी
 मौलिक कला र संस्कृतिः पर्यटनबाट समृद्धि
 सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा
 समानतातर्फको महिला यात्राः समाजवाद उन्मुख राज्यको विशेषता
 खुसी जेष्ठ नागरिक, सुखी बालबालिकाः अपाङ्गमैत्री सबै पालिका
 जलवायु अनुकुलन र विपद् व्यवस्थापनः विकास र वातावरणबीच सन्तुलन
 समुन्नत लोकतन्त्रको आधारः मेलमिलाप, न्याय र मानव अधिकार
 संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय
 संस्थागत सुदृढीकरणः योजनावद्ध विकास ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij