२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पुँजी वृद्धि सम्बन्धी बिमा कम्पनीहरुले समितिमा पेश गरेका यस्ता छन् याेजनाहरु

पुँजी वृद्धि सम्बन्धी बिमा कम्पनीहरुले समितिमा पेश गरेका यस्ता छन् याेजनाहरु

 

काठमाडौं : विमा समितिकाे निर्देशन बमाेजिम नेपाली विमा कम्पनीहरुले पुँजी वृद्धि सम्बन्धी याेजना समितिमा पेश गरेका छन् । पहिलाे चरणमा ताेकिएकाे समय सीमा सम्म २४ वटा बिमा कम्पनीहरुले मात्रै पुँजी वृद्धि योजना  पेश गरेका छन् ।

वैशाख १० गतेसम्मको समय दिएपनि उक्त दिन शनिबार परेकाले आइतबारलाइ समेत पुँजी वृद्धिको योजना पेश गर्ने समय दिइएकाे थियाे ।

शुक्रबारसम्म २१ वटा बिमा कम्पनीले पुँजी वृद्धि योजना बुझाएका थिए । आइतबार थप ३ कम्पनीले क्यापिटल प्लान पेश गरेका छन् ।

साथै अझै १४ कम्पनीले समितिमा पुँजी वृद्धिको योजना बुझाएका छैनन् । तोकिएको समयमा नबुझाउने कम्पनीहरुलाई बिमा ऐनबमोजिम कारबाही हुने विमा समितिले बताएकाे छ ।

अहिले नेपालमा जीवन र निर्जीवन गरेर ३९ वटा बिमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

समितिका अनुसार जीवन बिमा कम्पनीहरुमध्ये एसियन लाइफ, सूर्या लाइफ, नेसनल लाइफ, महालक्ष्मी लाइफ, गुराँस लाइफ, मेट लाइफ, लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) ले पुँजी वृद्धि योजना पेश गरेका छन् । त्यस्तै, सानिमा लाइफ, सिटिजन लाइफ, रिलायन्स लाइफ र आइएमई लाइफ इन्सुरेन्स कम्पनीले पनि पुँजी वृद्धि योजना पेश गरेका छन् ।

यता, निर्जीवन बिमा कम्पनीहरुमा सानिमा जनरल, आइएमई जनरल, एभरेस्ट, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, शिखर, नेपाल इन्सुरेन्स, सगरमाथा, अजोड र जनरल इन्सुरेन्स कम्पनीले योजना पेस गरेको समितिले जानकारी दिएको छ । पुराना र सबल कम्पनीहरुले हकप्रद र बोनस सेयर दिएरै पुँजी वृद्धि गर्ने पक्षमा देखिएका छन् । बलिया कम्पनीहरुले सकेसम्म आफैंले पुँजी वृद्धि गर्ने वा अवसर मिलेमा अरुलाई एक्वायर गर्ने रणनीति लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij