२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन

उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं : यसपटककाे स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने आज सोमबार अर्थात वैशाख १२ गते दाेस्राे र अन्तिम दिन हो ।

यसअघी हिजाे वैशाख ११ गते आइतबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म भएको उम्मेदवारको मनोनयन दर्ता भएकाे छ ।

आइतबार मनाेनयन दर्ता नगरेका उम्मेदवारहरुले आज पनि आफ्नो नाम मनोनयन दर्ता गर्न पाउनेछन् । साेहीबमाेजिम आजै अपरान्हन ५ बजेपछि मनोनयनपत्र दर्ता भएको उमेद्वारको सूची प्रकाशन गर्ने गरिने

वैशाख १३ गते उम्मेद्वारको विरोधमा उजुरी दिने समय तोकिएको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।

वैशाख १५ गते मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने र वैशाख १६ गते उमेद्वारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको छ । त्यसपछि वैशाख १७ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । चुनाव कार्यक्रमकाे अन्तिम दिन वैशाख ३० गते विहान १० बजे देखि मतदात हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij