२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नारी अस्मिता किन हरायो ?

नारी अस्मिता किन हरायो ?

करूणा खड्का

ए हजुर ! नारी बिनाको जीवन कल्पना गरेर हेर्नुहोस् न ? नारी भनेको सृष्टिका विधाता, यस धर्तिका माता समेत हुन् । नारी भएर नै संसारभर आज धर्तिमाताको जन्म भएको कुरा श्लोकहरूमा समेत उल्लेख रहेको छ । नारी भनेको हाम्रो समाजको ऐना हुन्, प्रत्येक घरको समेत गहना हुन्, जुन घरमा नारीको इज्जत हुन्छ, अवश्य त्यो घरमा लक्ष्मीले बास गरेको हुन्छ । त्यसमा नै सुन्दरताले छाएको हुन्छ । हरेक खालको प्रकृतिको रमणीय छटाहरूले समेत नारीको जीवनलाई सजाएर राखेको हुन्छ । यसैमा मलाई नारी हुनमा गर्व लाग्ने कुरा करूणा बताउँछिन् । एक पटक यथार्थ जीवनमा पोखिने चेष्टा गर्नुहोस् । नारी मुहारमा फुरेको मुस्कान हेर्नुहोस् त, अझै शक्ति खोज्नुहुन्छ भने नारीमा कति तागत र शक्ति लुकेर रहेको हुन्छ आफैं थाहा पाउनुहुनेछ । छतल्किएको आँसु नारीरूपी हतियार, चलाउन नजानेर प्रितीको भाकामा रूमल्लिएको जिन्दगी बाँधिएको डोरी जस्तै बटारिन्छ । घर देखि छिमेक, छिमेक देखि समुदाय, समुदाय देखि वडा, वडा देखि पालिका, पालिका देखि जिल्ला, जिल्ला देखि प्रदेश, प्रदेश देखि सिङ्गो राष्ट्र देश विदेश जुनसुकै स्थानमा नारीको आवश्यकता र महत्व कहाँ र कहिले महसुस हुन सकेको छ ? अनेकौं बहानामा पिल्सिएका ती नारी जसरी पात बिनाको रूख हल्लिएको हुन्छ । त्यसरी नै हल्लिएको उसको जीन्दगी बाटोमा हिँड्दा फट्याङ्ग्राले हिर्काउँदा पनि त्यसको प्रतिक्रिया दिन नसक्ने ती नारी विभिन्न बाध्यतामा आफ्नो पीडा लुकाउन सधैभरी बाध्य हुन्छिन् ।

जुन नारी हाँसोमा देखिन्छ, त्यो नुहुन सक्छ । उनको हेराइमा जे देखिन्छ, त्यो नहुन सक्छ । उनको हेराईमा जे देखिन्छ, त्यो समेत नहुन सक्म्छ । उनको बोलीबाट जे सुनिन्छ, त्यो नहुन सक्छ । समुदायका बीच जुन नजरमा उ हाँसेर जिउनु नै ती नारीका बीचमा महानता हुन सक्छ । हाम्रो नेपाली समाज नै विभिन्न खालका रूढीवादी सोचमा जकडिएको छ, जहाँ कुनै पनि नारीले खुशीयालीको अस्थितित्वलाई नै स्वीकार्न कदापि सक्दैन । नारीमा जति धैर्यता, सहनशीलता, लगनशीलता, इमान्दारीता, एकअर्काका बीचमा हुनुपर्ने माया सद्भाव कुनै पनि छोरामान्छेहरूमा कदापि हुनै सक्दैन ।

त्यसैले भनिन्छ । नारीलाई भनिन्छ, अन्य जाज जातीभन्दा पहिचान र अस्थित्वसहितको उपमाले चिनिन्छ । नारी नै यस ब्रम्हाण्डको रहेको धर्तिमाता भनेर । यसमा अर्थको नै छुट्टै मजा रहेको छ । ती नारी जसरी पात बिनाको रूख उजाडिएको हुन्छ, त्यसरी उजाडिएको हुन्छ । उसको जिन्दगी बाटोमा हिँडदा फट्याङ्ग्राले हिर्काउँदा पनि त्यसलाई प्रहार गर्न नसक्ने ती नारी उनको हाँसोमा जे देख्न सकिन्छ, अवश्य त्यो कहिल्यै पनि नहुन सक्छ । हाम्रो पराम्परावादी सोच, चिन्तन र कुसंस्कार र विभिन्न खालका विकृतिकै कारण यस संसारका हरेक महत्वपूर्ण जिम्मेवारीबाट बञ्चित समेत हुन पुगेको छ ।

यो संसार विचित्रको छ, त्यही पुरूषले धन आर्जन कमाउँदा समाजको हेराईमा सकारात्मक आउँदछ भने त्यही समाजमा एउटा नारीले हरेक खालको दुःख कष्ट हरेक घर परिवार धानेर कुनै धन दौलत आर्जन गर्दा समाजको हेर्ने दृष्टिकोण नै छुट्टै हुन्छ । यो खालको व्यवहारले समेत के दर्शाउँछ भने हाम्रो समाज हिजो र आजमा कुनै पनि परिवर्तन हुन सकेन । पुरूषवादी सोच र चिन्तनबाट देशमा जुन–जुन तन्त्र आएपनि कहिल्यै नारीलाई हेर्ने हेराईमा परिवर्तन आउन सकेन । नारीमा हेर्ने हेराईमा परिवर्तन आउनका निम्ति हरेक पुरूषहरूमा राम्रो खालको सोच र चिन्तनको समेत विकास हुन आवश्यक छ ।

सोच र मानसिकताकै कारण नारीहरूको जीवन सधँै अध्यारो रातझैँ पिल्सिरहेको हुन्छ । सबै प्रकारको गिद्धे नजर नारीसँग परिरहेको हुन्छ । नारी अस्मितामा कहिल्यै दाग आउन्न, तर धेरै भन्दा धेरै मानवरूपी दानवहरू नै नारी अस्मिता छलाउनका निम्ति सधँैभरी लागिपर्दछन्, खुट्टाले कुल्चिन चाहन्छन् ।

हाम्रो समाजमा कति नारीको जीवन कुनै पुरूषहरूको जीवनसँग सजिएको हुन्छ ? केवल दुष्ट पुरूषहरूले उनको काँचो मासु मजाकमा लुछिरहेका छन् । अस्थिरता मेटाउनकै निम्ति उसले गलत क्रियाकलापमा संलग्न भएको हुन्छ । आलिसान महलमा भौतिकताले सिँगारिएर बास बस्नेहरू दिनदहाडै सीता अस्मिता कुरिरहेका छन् । सङ्कालु छ, नारी अस्मिता । नारीका सङ्ला विचारहरूलाई, हुपहुप्याएको छ । आफ्नुमा हालिएको छ, भावनाको गाला रेटिएको छ । नारीको शरीरलाई जिउँदो लास मानी कपडाको नदेखिने टुप्पो भित्रझैं गरी चस्काइरहेका छन् । खै कता छ, नारी अस्मिता ?

रूपको नसालाई दृढसम्म परिणत गरि ठालुहरूका आँखाले डामिएका छन् । नारीको पीडालाई अचानो बनी झुक्दासम्म दुःखलाई कागजमा कोर्दैमा र केही बोल्दैमा हुँदोरहेनछ । बोलन ए नारी तिम्रो पीडा तिमी आफैं उजागर गर ! किनकि यो समाज त हेरेर नै बस्नेछ सधैंभरी । जबसम्म तिम्रो आफ्नो पीडा लुकाएर राख्छौ । तिमी मात्र होइन, तिम्रो २ पुस्ता सदाका लागि अन्यायमा परिरहन्छन् । जब तिमीले तिम्रो आवाजलाई बुलन्द बनाएर अगाडि बढ्छौ, तिम्रो आगामी पुस्ताले तिमीलाई सधैंभरी सम्झिरहनेछन् । तिमी आफ्नो आवाज कुन्ठित बनाएर नबस, तिमीलाई डर छ समाजले केही भन्छन् कि भनेर । यो समाज त तिमी रोएको हेर्न चाहन्छ । नारी रूदाँ यो समाज गिज्याइरहन्छ । समाजमा भएका १० जनाले अपहेलान गर्लान्, तर समाजमा वा नारीका निम्ति तिमी सदाका लागि महान बन्नेछौ ।

लेखक खड्का श्री सरस्वती प्राथमिक विद्यालय (दोलखा)की प्रधानाध्यापक हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij