२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सानिमा लाइफको लाभांश घोषणा

सानिमा लाइफको लाभांश घोषणा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको चैत्र २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद गरी कूल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएपश्चात् र आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij